कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

घरभित्र मृत भेटिइन् वृद्धा, श्रीमान् र नाति गम्भीर

मनोज बडू

दार्चुला — महाकाली नगरपालिका ३ काटैकी करिब ७० वर्षीया वृद्धा आफ्नै घरभित्र मृत भेटिएकी छन् । रातिसँगै सुतिरहेका श्रीमान् र नाति गम्भीर अवस्थामा भेटिएपछि हत्याको आशंका गरिएको छ । 

स्थानीय राजेन्द्रप्रसाद जोशीका अनुसार ७० वर्षीया द्राेपती महरा घरमा मृत अवस्थामा भेटिएकी र उनका ७५ वर्षीय श्रीमान् वीरभान महरा र १४ वर्षीय नाति लोकेश घाइते अवस्थामा घरभित्रै भेटिएका छन् ।

बिहान अबेरसम्म घरको आधा ढोका मात्रै खुला देखेपछि स्थानीयले घरभित्र हेर्दा वृद्धा मृत अवस्थामा रहेकी र बृद्धाका श्रीमान् र नाति गम्भीर अवस्थामा भेटिएकाे जोशीले बताए । अहिले घटनास्थलमा प्रहरी पुगेर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगेको जोशीले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?