कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हिउँमा चिप्लिएर यार्सा संकलक विद्यार्थीको मृत्यु

मनोज बडू

दार्चुला — यार्सागुम्बा संकलन गर्न लेक गएका ब्यास गाउँपालिका २ दुधिवनतिर एक जनाको मृत्यु भएको छ । यार्सा पाटनबाट घर फर्कने क्रममा हिउँमा चिप्लेर एक जना बालकको मृत्यु भएको स्थानीयले बताएका छन् ।

बुधबार बिहानै दुधिवनदेखि दुम्लिङ घर फर्कने क्रममा हुम्दुम्दि नजिक हिउँमा चिप्लेर दुम्लिङ्का दिलीपसिंह बिष्टका कान्छा छोरा अन्दाजी ११ वर्षीय अनिशको मृत्यु भएको ब्यास गाउँपालिका २ का वडाध्यक्ष धिरेन्द्रसिंह बुढाथोकीले बताए । उनका अनुसार केही दिनअघि दुधिवन क्षेत्रमा गएका बिष्टको हिउँ लडेर मृत्यु भएको हो ।


अनिश सर्वहित आधारभूत विद्यालय दुम्लिङ्मा कक्षा ५ मा अध्ययनरत थिए । उक्त क्षेत्रमा अस्थायी प्रहरी पोष्ट दुम्लिङ्को प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दर्चुलाले जनाएको छ ।


प्रकाशित : जेष्ठ २३, २०७६ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?