७ सय २५ लाई रोजगार

गणेश चौधरी

(टीकापुर) — प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत टीकापुर नगरपालिकाले युवाहरूलाई दैनिक ज्यालादारीको रोजगारी दिएको छ । बेरोजगार भई फाराम भरेका युवालाई अहिले विभिन्न वडाले अल्पकालीन योजनाका काममा रोजगारी प्रदान गरेका हो ।

टीकापुर नगरपालिका ७ ले अहिले २५ जनालाई सडक मर्मत तथा नालीे सरसफाइको काम दिएको वडाध्यक्ष रामलाल डगौराले बताए । बेरोजगार युवालाई एक महिनाका लागि दैनिक ज्यालादारीमा सडक मर्मत, नाली सरसफाइ, ग्रामिण खानेपानीको कार्य, स्वास्थ्य, कृषि, वन वातावरण, पर्यटनको क्षेत्रमा श्रममा रोजगारको अवसर प्रदान गरिने डगौराले बताए । वडासित दीर्घकालीन योजना नभएकाले सडक मर्मत, बाटो सरसफाइ र कुलो बनाउने कार्यमा युवालाई रोजगारीको अवसर दिइएको जनाइएको छ । वडाध्यक्ष डगौराले भने, ‘सार्वजनिक सूचनामार्फत युवालाई रोजगारका लागि आह्वान गरिएको छ । ‘शिक्षित बेरोजगार पनि ज्यालादारीमा काम गर्न आएका वडाध्यक्ष डगौराले बताए । उनले भने, ‘१२ कक्षा पढेकासम्म ज्यालादारीमा काम गरिरहेका छन् ।’


टीकापुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स–सर्त अनुदानको ८३ लाख बजेट छ । उनीहरूले दैनिक ५ सय १७ रुपैयाँ पाउनेछन् । युवा रोजगार कार्यक्रमको कुल बजेटमध्ये ७० प्रतिशत उनीहरूको ज्यालादारीमा, २५ प्रतिशत औजार सामग्री खरिदमा र ५ प्रतिशत व्यवस्थापनमा खर्च गर्ने प्रावधान रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा रोजगारका लागि ९ वटै वडाको गरी ९ हजार ५ सय ५३ जनाले आवेदन दिएका छन् । छोटो समयमा रोजगारका लागि काम पूरा गर्नुपर्ने भएकाले दीर्घकालीनभन्दा अल्पकालीन योजनामा रोजगार दिइएको नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले बताए ।


प्रकाशित : जेष्ठ २७, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?