१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बने न्यायिक समितिका इजलास

बाजुरा — बाजुराको वडिमालिका नगरपालिकाको न्यायिक समितिमा छुट्टै इजलासको व्यवस्था गरिएको छ । जिल्ला सदरमुकामको नगरपालिका भए पनि हालसम्म खासै उजुरी आएको छैन ।

तर छलफल गर्दा खेरी छुट्टै ठाउँ आवश्यक पर्ने भएकाले नगरपालिकामै इजलासको व्यवस्था गरिएको न्यायिक समितिकी संयोजक नगरपालिका उपप्रमुख कविता विष्टले बताइन् ।


न्यायिक समितिमा नगरउपप्रमुख वा गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति रहने व्यवस्था रहेको छ । नगरपालिकाको इजलास जाने कोठामा बाहिर वडिमालिका नगरपालिका न्यायिक समिति संयोजक उप्रमुख कविता विष्ट, सदस्य विश्वराज पण्डित, जयन्ती सिंह हमाल लेखिएको छ भने भित्र एकदमै शान्त र व्यवस्थित इजलास बनाइएको छ ।


नगरपालिका रहेको सदरमुकाममा सामुदायिक प्रहरी सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका न्याय प्रदायक संस्थासमेत भएकाले आफू कहाँ खासै उजुरी नआएको संयोजक विष्टको भनाइ छ ।

उनले भनिन, ‘आर्थिक वर्ष ०७४/७५ मा न्यायिक समितिमा ५ मुद्दा दर्ता भएका थिए ।


त्यसमा २ मुद्दा किनारा लगाइसकिएको र ३ मुद्दा छफलमा रहेको छ । त्यस्तै ०७५/७६ को अहिलेसम्म ६ मुद्दा दर्ता भएका छन् जसमा ३ मुद्दा किनारा लगाइसकिएको र ३ छलफलमा रहेका छन् ।’ न्यायिक समितिमा घरायसी झै झगडा र लेनदेनका विवाद बढी आएको उनले बताइन । बुढीनन्दा नगरपालिकामा भने छुट्टै इजलास बनाउने प्रकृया अघि सारिएको संयोजक सृष्टि रेगमीले बताइन् ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?