१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बझाङमा भूकम्प

बसन्तप्रताप सिंह

बझाङ — जिल्लाको छबिसपाथीभेरा गाउँपालिका –४ कोटदरबार नजिक केन्द्र बनाएर भूकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ म्यग्नीच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दिपक बस्नेतले बताए   । 
उनका अनुसार २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भूकम्पपछिका पराकम्पन भन्दा यो फरक छ ।

बझाङमा भूकम्प

भूकम्पले जिल्लामा कुनै क्षति नगरेको प्रहरीले जनाएको छ । छिमेकी जिल्लाहरुमा समेत भूकम्पको धक्काको महसुस गरिएको छ ।


यसरी पटक-पटक स-साना पराकम्प जानु भनेको महाभूकम्पको शक्ति क्षयीकरण हुनु भएकाले यसलाई राम्रो हिसाबले हेर्नु पर्ने उनको भनाइ छ । दुई महिनाको अवधीमा बझाङलाई केन्द्रबिन्दु बनाएर तीनपटक भूकम्पका गएको भूकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेखे छ ।


नेपालमै भूकम्पको उच्च जोखिममा रहेको यस जिल्लालाई केन्द्रविन्दु बनाएर गत वर्ष पनि २७ पटक भूकम्पको गएको थियो ।




प्रकाशित : जेष्ठ ३१, २०७६ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?