कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाख्रा पालनबाट मनग्ये आम्दानी

कञ्चनपुर — महाकाली नगरपालिका ९, ढकनाघाटकी आशा सुनारले २ वर्षदेखि बाख्रापालन गरेकी छन् । एउटा बाख्राबाट सुरु गरेकी उनीसंँग अहिले ४ बाख्रा छन् । ३ बाख्रा बेचेर १५ हजार आम्दाानी पनि गरेकी छिन् ।

घरमा आशा र उनका पति मात्रै छन् । छोरा गुप्तबहादुर रोजगारीका लागि भारत छन् । बाख्रापालनबाट घरखर्च चलाउन सजिलो भएको उनको भनाइ छ । उनले बाख्रापालनका लागि व्यवस्थित खोर पनि बनाएकी छन् । ‘बाख्रा पालनबाट घरखर्च चलेको छ,’ उनले भनिन्, ‘एउटै बाख्राबाट पनि राम्रै आम्दानी हुँदो रहेछ, ।’


ढकनाघाटकै शान्ता सुनारले पनि एउटा बाख्राबाटै २ वर्षमा ३० हजार बढी आम्दानी गरिसकेकी छिन् । उनले २ खसी बिक्री गरेर अहिले पनि ४ पाठापाठी बांँकी छन् । ‘एउटै बाख्राबाट यति आम्दानी गर्न सकिने रहेछ, हामीलाई थाहै थिएन,’ वडासदस्य समेत रहेकी शान्ताले भनिन्, ‘अब खोर बढाएर बाख्रा पनि बढाउने योजना छ ।’


ढकनाघाटका अधिकांश पुरुष र त्यसमा पनि खासगरि युवा रोजगारीका लागि भारत जाने चलन छ । भारतबाटै आउने आम्दानीले घर परिवारको खर्च चल्ने गरेको छ । तर महिलाहरू व्यावसायिक रुपमा बाख्रापालनमा लागेपछि रोजगारीबाट भएको आम्दानी बचत गर्न सकिने भएको छ ।


यहाँका महिला आकर्षक खोर निर्माण गरी व्यवस्थित रूपमा गरिएको बाख्रापालनले नगरपालिका र वडा कार्यालयको समेत ध्यान तानेको छ । गैरसरकारी संस्थाले बाख्रा पालनसम्बन्धी तालिमसंँगै आर्थिक सहयोग गरेपछि उनीहरू यसतर्फ लागेका हुन् । कामको खोजीमा भारत तथा तेस्रो मुलुक गएका व्यक्तिका परिवारलाई लक्षित गरि व्यावसायिक तालिम प्रदान गरिएको हो ।


तालिमपश्चात परम्परागत तरिकाले बाख्रापालन गर्नेले व्यवस्थित खोर बनाएका छन् । घर आंगनमा घाँंस उत्पादन गरि त्यसकै प्रयोग बढाएका छन् । यसैगरि बेला बेलामा जुकाको औषधी खुवाउने गरेका छन् । यसले बाख्राको बृद्धि विकास चांँडो हुने गरेको छ ।


‘यसपाला हामीले पनि बाख्रापालन वा अन्य कुनै व्यवसायका लागि विशेष योजना ल्याउने तयारीमा छौं,’ महाकाली नगरपालिका ९ का अध्यक्ष गिरीबहादुर थापाले भने, ‘यहांँका महिलाहरूले बाख्रापालनमा राम्रो आम्दानी गरिरहेका छन् ।’ उनले पछिल्लो १/२ वर्षमा ढकनाघाट क्षेत्र खसी बोकाका लागि चिनिन थालेको बताए ।


यहाँका खसीबोका किन्न महेन्द्रनगरका व्यापारीहरू घरमै पुग्ने गरेका छन् । महेन्द्रनगरमा महाकाली नगरपालिकाबाटै खसी बोकाको आपूर्ति हुने गरेको छ । गाउँकै स्थानीय पनि पाल्न र मासुका लागि खरिद गर्न धेरै आउने गरेका छन् । सीमावर्ती बजार खटीमाबाट समेत व्यापारीहरू आउने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित : असार ९, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?