कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सडकमा राखेको बम निष्क्रिय

तृप्ति शाही

बैतडी — महाकाली राजमार्ग अन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको धरमघरमा सडकबीचमा राखेको बम निष्क्रिय पारिएको छ ।

प्रहरी, सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक पातलीले बताए ।

सडकमा बम राखेको खबर पाएपछि मंगलबार बिहानै सुरक्षाकर्मीको टोली डिस्पोजलका लागि पुगेको थियो । सोमबार राति दुई बजेतिर सडकमा बम राखेको खबर प्रहरीसँग पुगेको थियो । राति बसमा सवार यात्रुहरुले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


सडकमा बम भएका कारण रोकिएका सवारी साधनहरुलाई स्कटिङ गरेर गन्तव्यमा पुर्याइने काम भइरहेको छ । यस्तै नेत्रविक्रम चन्द समूहले गरेको बन्दका कारण बैतडीमा छोटो तथा लामोदुरीका सवारी साधन पूर्णरुपमा बन्द भएका छन् । बन्दका कारण सडक सुनसान बनेको छ । बजारमा पनि आंशिक रुपमा प्रभाव परेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १०, २०७६ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?