२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मन्त्रीलाई कालोझन्डा देखाउँदा झडप

कञ्चनपुर — खानेपानी तथा सरसफाइमन्त्री विना मगरलाई कालो झन्डा देखाउने क्रममा झडप हुँदा मंगलवार २ जना घाइते भएका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजारमा कालोझण्डा देखाउने क्रममा नेकपा र नेपाली कांग्रेस कार्यकर्ताबिच झडप भएको हो । 

झडपमा परी कांग्रेसका विक्रम चन्द र गोपी उपाध्याय घाइते भएको प्रहरीले जनाएको छ । उपाध्यायको हातमा सामान्य चोट लागेको छ भने चन्दको टाउकोमा चोट लागेर धनगढीमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पुनर्वासका इन्चार्ज प्रहरी निरिक्षक कर्ण बमले बताए ।


मन्त्री मगर मंगलबार बिहानै बेलौरी र पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनका लागि आउने क्रममा नेपाली कांग्रेसका कार्यकर्ताले डोकेबजारमा कालोझण्डा देखाउने खोजेका थिए । नेकपाका कार्यकर्ताले उक्त प्रदर्शन रोक्न खोज्दा झडप भएको हो ।

प्रकाशित : असार ११, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?