२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

प्रदेश सांसदलाई ल्यापटप 

धनगढी — संघीय सांसदले ल्यापटप पाउने भएसँगै सुदूरपश्चिम प्रदेशसभा सचिवालयले पनि प्रदेशसभा सदस्यलाई ल्यापटप वितरण गर्ने तयारी गरेको छ । मन्त्री बाहेक ४५ सांसदका लागि सचिवालयले २७ लाख खर्चिदै छ । 

ल्यापटप खरिद अन्तिम चरणमा पुगेको सचिवालयका एक कर्मचारीले बताएका छन् । ‘सबै काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने ‘आउँदो साताभित्र सांसदको हातमा एकएक ल्यापटप पर्छ,’ प्रदेशसभा सचिवालयले जनाएको छ ।


सदूरपश्चिम प्रदेशसभामा मन्त्री, सभामुख र उपसभामुखसहित ५३ सांसद छन् । मन्त्रीबाहेक ४५ प्रदेशसभा सदस्यलाई ल्यापटप उपलब्ध गराउन लागिएको हो । २७ लाख ८३ हजारको ल्यापटपका लागि धनगढीको उग्रतारा टेक्निकल गुड सप्लायर्सको टेन्डर स्वीकृत भएको एक कर्मचारीले बताए ।

प्रकाशित : असार १२, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?