कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पानीमा डुबेर बालकको मृत्यु, १ बेपत्ता

गणेश चौधरी

टीकापुर — कैलालीको लम्की–चुहा नगरपालिका ५ स्थित रोरा नदीमा डुबेर १ बालकको मृत्यु भएको छ । लम्कीचुहा–२ का १५ वर्षीय मिलन उपाध्याय (घोडासैनी)को शनिबार दिउँसो १ बजेतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । 

यसैगरी शनिबार नै लम्की चुहा नगरपालिका–३ चिसापानीमा रानी जमरा कुलरीया सिँचाई आयोजनाको नहरमा डुबेर एक जना बेपत्ता भएका छन् । अर्का एक जनाको उद्धार गरिएको छ ।

कृष्ण ओली डुबेर बेपत्ता भएका छन् भने करण बुढाथोकीको उद्धार गरिएको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र केसीले बताए । घाइते करण बुढाथोकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


उनीहरु कोहलपुरबाट चिसापानी घुम्न आएको बताए पनि थप विवरण नखुलेको प्रहरी निरीक्षक केसीले बताए । वेपत्ताको खोजी जारी रहेको पनि उनले बताए ।

प्रकाशित : असार १४, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?