कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

महाभारत क्षेत्रका बस्ती उच्च जोखिममा

डीआर पन्त, मनोज बडू

डडेलधुरा र दार्चुला — रुपालका शिक्षक गंगादत्त पनेरु गाउँं छेउको रुपालीगाड (नदी) एक्कासी पानीको मात्रा घट्दै गएपछि आश्चर्यमा परेका छन् । महाभारतको सवैभन्दा उचाईमा रहेको भागेश्वर धूरावाट वग्ने रुपालीगाडमा गत बर्षदेखि पानीको मात्रा घट्दै गएको उनले अनुभव गरेका हुन् । तर यस वर्ष पानीको मात्रा घटिरहेको छ ।

महाभारत पर्वतमा रहेका ठूला मूलहरू मिलेर उद्गम स्थलबाट २० किमि दूरीमा रहेका बस्तीसम्म पुग्दा नदीमा मिसिने दर्जनौं मूल सुकेका कारण नदीमा पानी कम भएको स्थानीयको अनुमान छ । शिक्षक पनेरु भन्छन्, ‘नदीको उद्गम स्थलदेखि तल मैदान क्षेत्रका अधिकांश मूल सुकेका छन्, केहीमा निकै कम पानी बग्न थालेको छ ।’


हुन पनि जेठ अन्तिमतिर रोपाइँ आरम्भ गर्ने भागेश्वर २ का जय नाथले आधा असार बित्दा पनि सुरु गर्न सकेका छैनन् । ‘वर्षभरि पानी कम नहुने नदीमा यस वर्ष निकै कम छ,’ नाथले भने ‘महाभारतबाट बग्ने रुपालीगाडमा गत वर्षभन्दा आधा कम पानी हुँदा २ दर्जन गाउंँमा अहिलेसम्म रोपाइँ सुरु भएको छैन ।’


रोपाइँ नहुँदा चिन्तित यस क्षेत्रका बासिन्दा वर्षापछि हुनसक्ने प्राकृतिक प्रकोपका कारण पनि त्रासमा छन् । महाभारत पर्वतका ठाउंँठाउंँमा सडक लैजादा पूरै सडकले चिरैचिरा पारेको देख्न सकिन्छ । आलीताल गाउँंपालिकाको गांगखेत क्षेत्र देखि अमरगढी नगरपालिका, गन्यापधुरा गाउंँपालिका हुंदै महाकाली छेउको भागेश्वर गाउंँपालिकासम्म २ वर्षमा १ सय २ सडक महाभारत पर्वत चिरेर निर्माण भइरहेका छन् ।


महाकाली नदीदेखि डोटीसम्म फैलिएको महाभारत पर्वतसंँग जोडिएका २ दर्जन बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन् । ३ वर्ष अघिसम्म बाढी पहिरोको जोखिम नभएको क्षेत्र मानिने महाभारत पर्वत क्षेत्रका बस्ती २ वर्षभित्रै उच्च जोखिममा पुगेका हुन् ।


परशुराम नगरपालिका र आलीताल गाउंँपालिकाबाट महाभारत पर्वत हुंदै २८ बढी सडक बनिरहेका छन् । अरु गन्यापधुरा, अमरगढी नगरपालिका र भागेश्वर गाउँंपलिकामा निर्माण भइरहेका छन् ।

बाढीले विस्थापित, घर खेतमा क्षति
वातावरणीय अध्ययन नगरी निर्माण गरिएका सडकले पहिरोबाट क्षति सुरु भएको छ । यस्तै सडकबाट बगेर आएको भलको बाढीले ३ परिवार विस्थापित भएका छन् । यो सँगै विकास निर्माणका नाममा जथाभावी डोजरले सडक खन्दा पहिरोको जोखिम बढेको हो ।


महाकाली नगरपालिका ९ दत्तुमा सडक खनेको माटो भल बनेर शनिबार बिहान आएपछि बस्ती पहिरोको जोखिममा परेको छ । निमार्णाधिन दत्तु–थापला सडकको माटो बगेर आएको भलले स्थानीय गजेन्द्रसिह ग्याईला, कल्यानसिंह ग्याईला र बहादुरसिंह ग्याईलाको घरमा क्षति पुगेको छ । हाल उनीहरू परिवार विस्थापित भएको छ ।


अन्य ७ परिवारको घरमा सामान्य क्षति पुगेको बहादुरसिंह ग्याईलाले बताए । विस्थापित परिवारहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । बाढी आएको तलतिरका करिब एक दर्जन परिवार जोखिममा परेको स्थानीय राजेन्द्रसिह नगारीले बताए । ‘बर्षातको ठूलो पानी परेको छैन्, बाढी आउन सुरु भईसक्यो’ उनले भने, ‘यो बर्खामा त बाढीले जोखिम बढाएपछि निन्द्रा नपर्ला जस्तो भइसक्यो ।’

प्रकाशित : असार १६, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?