स्थानीय तहमा चन्द समूहद्वारा तालाबन्दी

कञ्चनपुर — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्याकर्ताले कञ्चनपुरका विभिन्न स्थानीय तहमा शनिबार ताला लगाएको छ । स्थानीय तहमा भ्रष्टाचार बढेको र आफ्ना कार्यकर्तामाथि दमन गरेको लेखिएको पर्चासमेत ताला लगाएको ठाउँमा राखिएको थियो ।

पर्चामा नेकपा सेती महाकाली ब्युरो लेखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार महाकाली नगरपालिकाको कार्यालय, वेदकोट नगरपालिका १ को वडा कार्यालय, शुक्लाफाँटा नगरपालिकाको कार्यालय तथा ५, ६ र ८ नम्बर वडा कार्यालय, कृष्णपुर नगरपालिकाको कार्यालयमा ताला लगाइएको हो ।


लगाइएको ताला आइतबार बिहानै स्थानीय तहसँगको समन्वयमा तोडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए । उनले ताला लगाउने व्यक्तिको खोजी भइरहेको र शंकास्पद ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

प्रकाशित : असार २३, २०७६ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?