कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बजेट सक्न धमाधम सम्झौता

धनगढी — चालु आव सकिन एक साता मात्रै बाँकी रहँदासम्म स्थानीय, प्रदेश र संघीय सरकार मातहतका कार्यालयहरूले योजनाको सम्झौता र चेक भुक्तानी दिन रोकेका छैनन् ।चालु वर्षको बजेट सक्न र योजना कार्यान्वयन गर्न विभिन्न कार्यालयहरूले साताअघिको मिति राखेर सम्झौता गरिरहेका छन् ।

उनीहरूले सम्झौताअनुसार ८० प्रतिशतसम्म पेस्की दिइरहेका छन् । स्थानीय तह, प्रदेश र संघ मातहतका कार्यालयहरूले विभिन्न योजना तथा कार्यक्रम बनाएर रकम भुक्तानी गरिरहेका छन् । सम्झौता गर्नेहरूले नक्कली कागजात तयार गरी कार्यक्रम सम्पन्न भएको देखाउँदै रकम भुक्तानी लिइरहेको स्रोत बताउँछ ।


स्रोतका अनुसार प्रदेश मन्त्रालयहरूमा उद्योग, पर्यटन, वन तथा वातावरण, भौतिक पूर्वाधार, कृषि मन्त्रालयका कार्यक्रम र अध्ययन प्रतिवेदनअन्तर्गतका योजनाको सम्झौता र भुक्तानी लिने काम भइरहेको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय धनगढीका कोष नियन्त्रक लक्ष्मीराज जोशीले चालुको असार २० र पुँजीगत बजेटको असार २५ गतेसम्म मात्रै चेक भुक्तानी गर्न सकिने बताए ।


तर, कोलेनिकाको स्विकृति लिएर असार ३० गतेसम्म चेक काट्ने व्यवस्था छ । स्थानीय तहमा धनगढी उपमहानगर पालिकाले आइतबार असार २२ गतेसम्म उपभोक्ता समितिसँग सम्झौता गर्न छोडेको छैन । योजना कार्यान्वयनमा लागि एक साताको म्यादसमेत नराखेर भएका सम्झौता बजेट सक्न मात्रै भएको स्थानीय विद्यार्थी नेता पुष्प ओझाले बताए ।


विद्यालय भवन निर्माण र कालोपत्रे गर्न १०/१२ दिनको म्याद राखेर उपभोक्ता समितिसँग सम्झौता गरिएको छ । नगरपालिकाले असार २१ गते सर्वोदय माविको भवन निर्माणको ९ दिनको म्याद राख्दै सम्झौता गरेको छ । धनगढी नगरपालिका प्रमुख नृपबहादुर बडले केहि सानातिना योजनाहरूलाई असारमा आएर सम्झौता गरिएको बताए । ‘जुन योजना १०/१५ दिनमा गर्न सकिन्छ त्यस्ताको सम्झौता भएको हो,’ उनले भने ।

प्रकाशित : असार २४, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?