१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दलालको कब्जामा सार्वजनिक यातायात

डीआर पन्त

(डडेलधुरा) — ‘६ किलो सामान छ दाइ म यतावाट हिँंडे,’ कोहलपुरमा सवारी साधनका लागि यात्रु जुटाउने काम गर्ने शिव ओलीलाई सुर्खेतको छिन्चुवाट फोन आयो । लगत्तै महेन्द्रनगरका लागि छुट्न लागेको विंगर रोकियो ।

सिधै महेन्द्रनगर जाने ६ जना छन १० मिनेटमा पुग्छन् भन्दै रोकिएको विंगर २ घण्टा बित्दा पनि गुडेन । सांँझ ५ वजे छुट्नुपर्ने गाडी राती ८ बजे मात्र कोहलपुरवाट छुट्यो । १० मिनेटमा सुर्खेतबाट आइपुग्ने भनेका यात्रु ३ घण्टा पछि आइपुगे । ८ बजे गन्तब्यमा पुग्नुपर्नेहरू रातीको १ बजे मात्र गन्तब्यमा पुगे ।


सेनामा कार्यरत पति भेट्न २ बर्ष कि छोरी वोकेर रुपन्देहीवाट कैलाली आउंँदै गरेकि शारदा क्षेत्री रातीको १२ बजे अत्तरीया पुगिन् । सांँझ ७ बजे अत्तरीया पुग्नुपर्ने शारदालाइ उनका बुवाले राती जेनतेन घर पुर्‍याए । भारतको लखनउवाट उपचार गरेर फर्किएका प्राध्यापक नरेन्द्र भट्ट भने रातभरि अत्तरीयामै अलपत्र परे ।


४ बजे कोहलपुरवाट छुटेको गाडी लम्कीमा आएपछि रोकियो । डडेलधुरा वहुमुखी क्याम्पसमा प्रध्यापन गरिरहेका भट्टले भने ७ बजेदेखि अर्को गाडीमा पठाउने भन्दा भन्दै ११ बजे मात्र लम्कीवाट हिंड्नुपर्‍यो । कोहलपुर चोक र अत्तरीयामा यात्रुको चाप हुने बिहान साँंझको समयमा हेर्ने हो भने यस्ता सयौं उदाहरण भेटिन्छन् । सार्वजनिक यातायात प्रालि र ब्यबसायी भन्दा पनि सवारीसाधन र यात्रु दुवै दलालको कब्जामा परेको अनुमान गर्न सकिन्छ ।


सरकारले सिण्डिकेट हटाउन खोज्यो । तर पूर्ण रुपले हटेन । कम्पनी दर्ता हुन थाले, कम्पनी अघोषित समितिमा परिणत भए । यात्रुले न यसको अनुभूति गर्न पाए, हिजोका दिनमा जुन सास्ती भोग्नुपर्थ्यो त्यो अहिले पनि कायम छ । घटेको छैन वढेको छ । ‘समिति हटे, कम्पनी वने तर यातायात ब्यबस्थामा कुनै सुधार हुन सकेको छैन,’ यातायात ब्यबसायी चन्द्रबहादुर खड्का भन्छन ‘नियमनकारी निकाय, यातायात प्रालि र ब्यबसायीहरूले नयांँ किसिमले व्यबस्थालाइ सुचारु गर्न नसक्दा सर्वसाधारणले भोगिरहेको सास्ती कायमै रहेको हो ।’


‘नारायणी वारि महाकालीसम्म डेढ लाखभन्दा बढी यात्रुले दैनिक सार्वजनिक यातायातमा यात्रा गर्ने गरेको अनुमान गर्न सकिन्छ,’ खडकाले भने ‘समयमा गन्तब्यमा नपुग्नु, बिच वाटोमा अलपत्र पर्नु , एकठाउँं जाने यात्रुलाइ अर्कै ठाउंँमा लगेर दोहोरो यात्रा गर्न वाध्य पार्नु , निर्धारित समयमा यात्रा नहुनु, ठाउँं ठाउंँमा यातायातका साधन परिवर्तन गर्न वाध्य हुनुपर्ने जस्ता सास्ती सर्वसाधारणले भोगिरहेका छन ।’


धनगढीवाट २ यात्रु वोकेर अत्तरीया पुगेको सवारी साधन दलालहरूले यात्रु खोजेर नभरिँदासम्म गन्तब्यमा जान सक्दैन । यस्तै स्थिति कोहलपुर चोकमा पनि हुन्छ । गाडी चालक र ब्यबसायीले समयमा गन्तब्यमा हिंँड्न खोजेपनि दलालका कारण सम्भव हुंदैन । एक दशकदेखि महेन्द्रनगर हुंँदै दैनिक नेपालगन्ज गाडी चलाउने रामसिंह ऐडी भन्छन, ‘दलाललाइ वास्ता नगरेर हिँंड्ने हो भने अर्को दिनदेखि खाली गाडी कुदाउन वाध्य हुनुपर्छ ।’


‘दलालहरूको संञ्जाल हाइवे भरि छ,’ उनले भने, ‘कोहलपुरदेखि चितवन सम्म र चितवन देखि महेन्द्रनगर सम्म हरेक स्टेशनमा उनीहरूको संञ्जालले काम गर्ने भएका कारण ब्यबसायीहरू पनि उनका अगाडी झुक्न वाध्य छन ।’ एउटा गाडी यात्रुले भरे बापत साना गाडीवाट २ सय देखि ५ सयसम्म र ठूला गाडीमा हजारसम्म दलालहरूले असुल्ने गरेका छन ।


क्षेत्रीय ट्रफिक कार्यालय अत्तरीयाका अनुसार सुदूरपश्चिम प्रदेशमा मात्र दैनिक हजार वढी सार्वजनिक यातायातका साधन वाहिरिने र भित्रिने गर्छन । सुदूर वाहेक नारायणी वारी दैनिक चल्ने सवारी साधनको संख्या सुदूर भन्दा तेब्बरले वढी छ । कोहलपुरमा भेटिएका शिव ओली भन्छन, ‘यात्रु खोजेर दिए बाफत सानो रकम लिएर गुजारा गर्नु अपराध होइन । कहिले काहीं निर्धारित समयमा गाडी छुटैन । त्यो वाहेक हामीले सास्ती दिने काम गरेका छैनौं ।’


तर दलालहरूले २ घण्टा गाडी रोक्दा यात्रुले गन्तब्यमा पुग्न कति सास्ती भोग्नुपर्छ भन्ने हेक्का कसैलाइ छैन ।


नेपालभित्र मात्र होइन सुदूर र कर्णाली प्रदेशका बिभिन्न जिल्लावाट रोजगारीका लागि भारत जानेहरू नेपाली दलालहरूवाटै सीमाका भारतीय स्टेशनसम्म विक्री हुनुपर्ने वाध्यता छ । धनगढी, नेपालगंजको रुपैडिहा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत जाने अधिकांश यात्रु सीमा क्षेत्रमा चल्ने टांगावाल हुंदै पारि चल्ने निजी क्षेत्रका सवारी साधनका लागि नेपालकै दलालहरूले कमिशन लिएर पठाउने गरिएको छ ।


उग्रतारा यातायात प्रालि डडेलधुराका निर्वतमान अध्यक्ष पदमराज जैसी सिण्डीकेट हटिसकेपछि पनि सार्वजनिक यातायातमा कुनै सुधार आउन नसकेको वताउंँछन । उनी भन्छन, ‘कानुनी ब्यबस्था फेरियो तर ब्यबहारमा परिवर्तन हुन नसक्दा सार्वजनिक यातायातको अवस्था हिजो भन्दा धेरै फरक हुन सकेको छैन ।’


राजधानी काठमाडौं लगायत पूर्वी क्षेत्रमा दलालहरूको कब्जावाट सार्वजनिक यातायात मुक्त गर्ने प्रयास सुरु भएपनि पश्चिम नेपालमा भने अझै यसको सुरु नभएको उनको गुनासो छ । बिगत भन्दा फरक स्थिति वनाउन समितिवाट प्रालिमा रुपान्तरण भएका कम्पनीहरूले प्रयास सुरु गरेको पनि उनले वताए । सार्वजनिक यातायातलाइ दलालहरूवाट मुक्त गर्न यस क्षेत्रका सवै प्रालिहरू मिलेर काम गर्नुको अर्को विकल्प नभएको पनि उनले वताए ।


देशभरिमा यातायात ब्यवसायी महासंघमा दर्ता भएका २ सय ९२ समिति प्रालिमा दर्ता भइसकेका छन । जसमध्ये समिति छंँदाको सम्पति पाउने प्रालिमा परिणत भएका १ सय २४ समिति छन् भने वाँंकी सवैले आफ्नो सम्पत्ति प्रालिमा जानु अगावै ब्यबस्थापन गरिसकेका थिए । प्रालिमा दर्ता गरेर कानुनी दायरामा आएपनि पछिल्लो समय पुरानै किसिमले यातायात ब्यबस्था संचालन भइरहेको छ ।


सरकारले उपभोक्ताको हित संरक्षणका लागि प्रदेश स्तरमा निर्देशनालयको गठन गरिसकेको छ । यातायातको नियमनका लागि पहिले देखि नै यातायात ब्यबस्था बिभाग, ट्रफिक प्रहरीले काम गर्दै आए पनि यातायात क्षेत्रमा भने कुनै सुधार हुन नसकेको देखिएको छ । ट्रफिक प्रहरी र यातायात कार्यालयले पनि यसमा यस क्षेत्रका ठूला प्रालिहरूले बिगतमा राजमार्गका बिभिन्न क्षेत्रमा भर्ना गरेका कर्मचारी हटाउने, काउण्टरमा टिकट काट्ने ब्यबस्था गर्ने, सवारी साधन भित्र टिकट काट्ने र क्षमता भन्दा निकै वढी यात्रु कोचेर लैजाने प्रवृतिलाइ निरुत्साहित नगर्ने हो भने सार्वजनिक यातायात दलालको कब्जावाट मुक्त हुन नसक्ने यातायात ब्यबसायीहरू नै वताउछन ।


प्रकाशित : असार २६, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?