कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ज‌ंगली तरकारी खाँदा दाजुबहिनीको मृत्यु, आमाको अवस्था गम्भीर 

मेनुका ढुंगाना

अछाम — रामाराेशन गाँउपालिकामा ज‌ंगली बनस्पतिकाे तरकारी खाएर दाजु र बहिनीकाे मृत्यु भएकाे छ । आमा गम्भीर बिरामी परेकी छिन् ।

शुक्रबार बिहान निउरो जस्तै देखिने वनस्पति खाएका रामाराेशन गाउँपालिका-५ तल्लाेपाटनका ११ वर्षीय रमेश बोहरा र ५ वर्षीया बहिनी मनिषाको मृत्यु भएको हाे ।

आमा नरपता बाेहाेराको अवस्था गम्भीर छ । उनलाई बयालपाटा अस्पताल अछामबाट थप उपचारका लागि बाँकेकाे कोहलपुर लगिएकाे छ । 'मनिषाकाे राति एक बजे घरमै ज्यान गयो । रमेशलाई निकै खतरायुक्त भैसकेपछि अस्पताल पुर्‍याए पनि बचाउन सकिएन,' बयालपाटा अस्पतालका डाक्टर विकास गौचनले भने, '२७ गते निउराे खाएका उनीहरुले २९ गते साँझसम्म पानी समेत खाएनन् । केही पनि नखाँदा जलवियोजन भई मृगौलामा असर परेको देखिन्छ । समयमै उपचार नगर्दा यस्तो अवस्था आयो ।'

स्थानीयका अनुसार घरमा तीनजना मात्रै थिए । उनीहरुलाई पेट दुख्ने, वाकवाकी लाग्ने , वान्ता हुने, रिंगटा लाग्ने र ओठ–मुख सुक्ने समस्या बल्झिएपछि मात्रै आफन्तलाई खबर गरेका थिए ।

प्रकाशित : असार ३०, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?