दुर्घटनामा परी वडाध्यक्षको मृत्यु

बैतडी — बैतडीको सुर्नया गाउँपालिका–१ का अध्यक्ष कलकबहादुर चन्दको बिहीबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

दुर्घटनामा परी वडाध्यक्षको मृत्यु

जिल्ला प्रहरीका कार्यालयका प्रहरी निरीक्षक दीपक पातलीका अनुसार वडा अध्यक्ष चन्द सवार से १ प १११४ नम्बरको मोटरसाइकल र स्थानीय चन्द्रसिंह ऐरले चलाइरहेको म २ प ६६३३ मोटरसाइकल एकआपसमा ठोक्किदा चन्दको मृत्यु भएको हो । बैतडीको सतबाँझ सडकखण्ड नजिक दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका चन्दलाई उपचारका लागि पाटनस्थित स्वास्थ्य केन्द लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : श्रावण २, २०७६ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?