जंगलमा लुकाएको भरुवा बन्दुक फेला

संगीता तिमिल्सेना 

बाजुरा — जिल्ला प्रहरी कार्यलय बाजुराबाट खटिएको प्रहरी टोलीले बडिमालिका नगरपालिका–९ फडिल्लाको जंगलमा एकथान भरुवा बन्दुक फेला पारेको छ । 

जंगलमा लुकाएको भरुवा बन्दुक फेला

शनिबार दिउँसो प्रहरी निरीक्षक जनकराज ढुंगानाको नेतृत्वमा खटिएको टोलीले फडिल्ला बस्ती नजिकैको जंगलमा लुकाएर राखिएको अवस्थामा बन्दुक फेला पारेको जनाएको हो ।


जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटका अनुसार जंगलमा बेवारिसे अवस्थामा बन्दुक लुकाएर राखिएको थियो । उक्त बन्दुक कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रमुख भाटले बताए ।


बाली खान आउने जंगली जनावर तथा बाँदर धपाउन स्थानीयले लुकाएर राखेको हुनसक्ने अनुमान गरिएको भाटको भनाइ छ ।

प्रकाशित : श्रावण ५, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?