कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जनप्रतिनिधिको पारिश्रमिक वृद्धवृद्धालाई

कञ्चनपुर — स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म केहि जनप्रतिनिधिहरूले जथाभावी राज्यको सेवा सुविधाको दुरुपयोग गरेका समाचारहरू बेला–बेलामा बाहिर आइरहेका छन् ।

आफ्नै घरमा बसेर घर भाडा लिने, आफ्नै साधन चढेर सवारी भाडा लिनेलगायत कुराले निकै चर्चासँगै जनप्रतिनिधिलाई आलोचित पनि बनाएको छ ।


तर कञ्चनपुरको भीमदत्त नगरपालिका १ का वडाध्यक्ष आशिफ कुँवरले भने आफुले पाएको मासिक पारिश्रमिक वृद्धवृद्धा, अशक्त र अपांगता भएका व्यक्तिहरूलाई वितरण गरेका छन् । उनी निर्वाचित भएदेखि प्राप्त मासिक तलब आफ्नै वडामा नियमित रूपमै वितरण गर्दै आएका हुन् ।


यस वर्ष पनि उनले आइतबार आफ्नो पारिश्रमिकबापत प्राप्त रकम अपांगता भएका, अशक्त र ७० वर्ष नाघेका वृद्धवृद्धालाई वितरण गरे । गत आवमा प्राप्त २ लाख ६३ हजार रुपैयाँ वितरण गरिएको उनले बताए । ‘१ सय ४० जनालाई वितरण भएको छ, वडा कार्यालयमा आउन नसक्नेलाई अब घरमै पुगेर वितरण गरिनेछ,’ उनले भने, ‘वडामा भएका अपांग, अशक्त र वृद्धवृद्धाको खोजी भइरहेको छ ।’


अपांगता भएका व्यक्तिलाई १ हजार र अशक्त तथा ७० वर्ष नाघेका वृद्ध वृद्धालाई १५/१५ सयका दरले वितरण गरिएको हो । वडा कार्यालयले आफ्नै कार्ड बनाएको छ । सोही कार्डका आधारमा रकम वितरण भइरहेको वडाध्यक्ष कुंँवरले बताए । उनले गत वर्षको तुलनामा १२ जना बढेकाले लागि कार्ड बनाइएको बताए ।


गत वर्ष पनि वडाध्यक्ष कुँंवरले एक वर्षको पारिश्रमिक यसरी नै वडाका अशक्त र वृद्धवृद्धालाई वितरण गरेका थिए । उनले चुनावताका आफूले पाउने पारिश्रमिक वडामै खर्च गर्ने प्रतिबद्धता गरेका थिए । तर चुनाव जितेर आएपछि सानो रकमले केही गर्न नसकिने र वृद्ध वृद्धा तथा अशक्तलाई त्यहि रकमले पनि ठुलो राहत हुने ठानेर सबैलाई वितरण गरिएको बताए ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?