२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

टीकापुरमा निःशुल्क रगत अभियान

टीकापुर — नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाले निःशुल्क रगत अभियान सुरु गरेको छ । टीकापुर अस्पतालमा आउने बिरामीलाई आवश्यक रगतको प्रोसेसिङ खर्च स्थानीय तहले दिने भएपछि निःशुल्क उपलब्ध गराउन थालेको शाखा प्रमुख जगदीश पण्डितले बताए ।

उनले भने, ‘रगत त पहिले पनि निःशुल्क नै हो, तर एक पिन्ट रगत प्रोसिसिङका लागि साढे ८ सय रुपैयाँ लाग्छ । त्यो रकम स्थानीय तहले दिने भएपछि बिरामीले तिर्नु नपर्ने भएको छ ।’


टीकापुर नगरपालिकाबाट सुरु भएको यो अभियान जानकी गाउँपालिकाको वडा २ र ५ मा पूरा भएको र अन्य ठाउँका बासिन्दाका लागि पनि यो जारी रहेको पण्डितले बताए । यहाँको टीकापुर नगरपालिका, जानकी गाउँपालिकाको वडा २ र ५ का बासिन्दाका लागि त्यहाँको स्थानीय तहले प्रोसेसिङ खर्च व्यहोरिदिने शाखाले जनाएको छ । पण्डितका अनुसार अस्पतालमा उपचाररत कतिपय बिरामीले रगत प्रोसेसिङको पनि रकम तिर्न नसक्ने हुँदा यसले सहज बनाउनेछ ।


टीकापुर नगरपालिकाले वार्षिक १० लाख र जानकी गाउँपालिकाको वडा २ र ५ ले १/१ लाख रुपैयाँ रेडक्रसलाई रगत प्रोसेसिङवापत प्रदान गर्नेछ । स्थानीय तहसित सम्झौता भएका ठाउँका बासिन्दाले आवश्यक रगत निःशुल्क पाउनेछन् ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?