कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महिला र बालबालिका हराउने क्रम बढ्यो

बैतडी — जिल्लामा महिला र बालबालिका हराउने हुने क्रम बढेको छ । भारतसँग सीमा जोडिएका कारण पनि महिला र बालबालिका हराउने गरेका छन् । हराउने क्रम बढे पनि फेला पर्नेको संख्या भने न्यून छ ।

जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको तथ्यांकअनुसार हराएकाहरू कम मात्रै फेला पर्ने गरेको पाइएको हो ।


जिल्लामा आव ०७२/७३ मा १५ महिला, ७ बालिका र २ बालक हराएका छन् । जसमा ८ महिला, ५ बालिका फेला परेका छन्् भने बालक भेटिएका छैनन् । यस्तै ०७३/७४ मा १९ महिला, १५ बालक र ४ बालिका बेपत्ता भएकामध्ये ७ महिला, ८ बालक र ३ बालिका मात्र भेटिएका छन् । ०७४/७५ मा २० महिला, १५ बालिका र १० बालक हराएका छन् । यसमा ५ महिला, २ बालिका र ३ बालक मात्र फेला पर्न सकिएको केन्द्रकी प्रहरी जवान नरा महराले बताइन् । उनले भनिन्, ‘आव ०७५/७६ को अहिलेसम्म ३३ महिला, ५ बालिका र ३ बालक हराएका हुन् । त्यसमा २ महिला, १ बालिका र २ बालक मात्र भेटिएका छन् ।


हराएमा खोजीका लागि प्रहरीलाइ खबर गरे पनि भेटाउँदा खबर नगर्ने प्रवृत्ति रहेकाले भेटिनेको संख्या कमी देखिएको उनले बताइन् । विभिन्न प्रलोभनमा पारेर महिला र बालबालिकालाई घरपरिवारबाट सम्पर्क टुटाएर काममा लगाउने, बाहिरी मुलुक बढी लैजाने समस्या आएको प्रहरीको भनाइ छ । प


ढाउने, राम्रो आम्दानी हुने ठाउँमा पुर्‍याउनेलगायत आश देखाएर उनीहरूलाई बेपत्ता बनाउने क्रम रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेले बताए । यस्ता क्रियाकलाप नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गरिरहेको उनको भनाइ छ । घट्नाहरू रोक्न स्थानीय तहहरूले पनि कार्यक्रम गर्न जरुरी रहेको उनले बताए ।


बालबालिका र महिलाका लागि स्थानीय सरकार गम्भीर भएको जनप्रतिनिधिहरू बताउँछन् । आर्य–आर्जनसँंगै विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको उनीहरूको भनाइ छ । यस्तै हराउने क्रम रोक्नुका साथै अन्य विषयमा जनचेतना जगाउन महिला र बालबालिका लागि विशेष जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको पाटन नगरपालिका उपप्रमुख सरस्वती कोलीले बताइन् । उनले भनिन्, आर्थिक अवस्था कमजोर भएका, हेरचाह नपाएका महिला र बालबालिकाहरू हराउने सम्भावना धेरै हुन्छ । यस्ता विकृति हटाउन पहल गरिरहेका छौं ।’

प्रकाशित : श्रावण ८, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?