३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

धनगढी विस्फोट : डिस्चार्जलगत्तै सेराला पक्राउ

कान्तिपुर संवाददाता

धनगढी — धनगढी बम विस्फोटनमा घाइते भएका लक्ष्मण सेरालालाई प्रहरीको टोलीले मंगलबार नियन्त्रणमा लिएको छ । नेत्रविक्रम चन्द समूहका कार्यकर्ता रहेका सेरालालाई प्रहरीले अस्पतालबाट डिस्चार्जलगत्तै पक्राउ गरेको हो ।

सख्त घाइते सेरालाको धनगढीस्थित माया मेट्रो अस्पतालमा प्रहरीकै निगरानीमा उपचार भइरहेको थियो । अस्पतालले मंगलबार डिस्चार्ज गरेपछि परिवारले उनलाई ह्विलचियरमा घर लैजाने तयारी गरेका थिए । जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले सेरालालाई थप सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।


धनगढी ३, चटकपुरस्थित सहिद गेटनजिक रहेको नीलम होटलमा साउन २ गते चन्दका कार्यकर्ता आफैंले बोकेको शक्तिशाली बम विस्फोट भएको थियो । बिस्फोटमा घाइते राम सिंहको उपचारकै क्रममा भोलिपल्ट मृत्यु भएको थियो । सेराला, होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खान भने घाइते भएका थिए ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?