चरी बाघको छालासहित सशस्त्रका जवान समातिए

मनोज बडू

दार्चुला — शुक्रबार दुहुबाट सदरमुकाम आउँदै गरेका सशस्त्र प्रहरीका जवानलाई चरी बाघको छालासहित प्रहरीले समातेको छ । 

चरी बाघको छालासहित सशस्त्रका जवान समातिए

दुहुँ गाउँपालिका २ हिकिलाबाट सदरमुकाम खलंगा आउने क्रममा बहृमदेव प्रहरी चौकीको नियमित चेकिङका क्रममा सशस्त्र प्रहरीको ५० नम्बर गुल्म दार्चुलामा जवान पदमा कार्यरत दुहुँ गाउँपालिका–२ हिकिलाका दिपकसिह बडालबाट चरी बाघको छाला फेला परेको हो ।


छालासहित पक्राउ परेका बडाललाई प्रहरीले नियन्त्रणमा लिएर शनिबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार झोलामा लुकाएर सदरमुकाम ल्याउने क्रममा दुहुँ गाउँपालिका–३ स्थित दार्चुला–तिंकर सडक खण्डको तिमुरपाटा क्षेत्रमा चेकिङ गर्दा समातिएको छालाको लम्बाई ३९ इन्च र चौडाई १० इन्च रहेको छ ।


बडालले एकजनाले आफूसित झोला नभएको भन्दै र मेरो झोलामा राखेर लैजाइ दिन अनुरोध गरेपछि बोकेर ल्याएको बयान दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए ।


बडाललाई थप कारवाहीका लागि अपीनाम्पा संरक्षण क्षेत्र दार्चुलालाई बुझाइने छ । छालासहित समातिनेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार एक लाख जरिवाना, १५ वर्ष कैद तथा दुवै सजाय हुन सक्ने अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?