कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बडिमालिकाको ७ दिने तीर्थयात्रा

संगीता तिमिल्सेना 

बाजुरा — बडिमालिका तीर्थयात्राका लागि देशैभरका विभिन्न ठाउँबाट पर्यटक तथा भक्तजन आउने क्रम सुरु भएको छ । बडिमालिकामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा हुने गर्छ । समुद्री सतहबाट ४ हजार २ सय १६ मिटर उचाइमा रहेको बडिमालिका पुग्न ७ दिनको पैदल यात्रामा हजारौं भक्तजन निस्किन्छन् ।

बडिमालिकाको ७ दिने तीर्थयात्रा

यहाँ पूजा गरे मागेको वर प्राप्त हुने जनविश्वास छ । साथै यहाँको प्राकृतिक सुन्दर दृश्यावलोकनका लागिसमेत पर्यटक देशैभरिबाट आउने गर्छन् ।


सदरमुकाम मार्तडीदेखि आइतबार बडिमालिकाको तीर्थयात्रा सुरु भएको छ । मेला लाग्ने ३ दिनअघि मार्तडीबाट औपचारिक पूजा टोलीसहित तीर्थयात्री प्रस्थान गर्ने चलन छ । साउन शुक्लपक्षका दिन यहाँबाट यात्रा सुरु हुने गरेको छ । बडिमालिकामा साउन २९ मा मूलपूजा गर्न मेला लाग्छ ।


जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, यहाँस्थित सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्पराअनुसार आइतबार बिहान प्रजिअ गंगाप्रसाद न्यौपानेको नृेतत्वमा बडिमालिका प्रस्थान गरेको छ । बडिमालिका पुग्न तोकिएका स्थानमा बसेर ३ दिन लगाउनुपर्ने परम्परा छ । औपचारिक पूजाका लागि अछाम, डोटी, जुम्ला र कालिकोटबाट पनि सरकारी टोलीसहितका तीर्थयात्री बडिमालिका प्रस्थान भइसकेका छन् । पूजाका लागि डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने चलन कायमै छ ।


अछामको वैद्यनाथबाट त्यस क्षेत्रमा फलेको धानको बाला बडिमालिकामा चढाउने परम्पराअनुसार एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ । करिब १४ हजार फिट उचाइका समथर हरिया फाँट र ती फाँटमा फुलेका दर्जनौं प्रजातिका फूलले बडिमालिका प्रकृतिको अनुपम उपहार अनुभव हुने बुढीनन्दा ५ का प्रेमलाल पाध्याय बताउँछन् ।


बडिमालिका दर्शनका लागि बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, बैतडी, हुम्लाबाट तीर्थालु पुग्छन् । काठमाडौं, भारतको गढवाललगायत ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला समितिले जनाएको छ । जनैपूर्णिमाका दिने गरिने पुजाका लागि १५ दिन अघिदेखि नै तयारी गर्ने चलन रहेको छ ।


बर्सेनि बाजुराले बडिमालिका जाने तीर्थयात्रुका लागि सुरक्षा व्यावस्थापन गदै आएको छ । सुरक्षा प्रबन्ध मिलाउन प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटको नेतृत्वमा टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । मेलामा मदिरा निषेध गरिएको छ । मदिरा नियन्त्रण गर्न विशेष टोली परिचालित हुने भएको भाटले बताए । बीचबाटोमा बास बस्ने र दर्शन गर्न जाने दर्शनार्थीलाई समस्या परे जुनसुकै बेला पनि प्रहरीलाई खबर गर्न सकिने प्रहरीले जनाएको छ ।


आवश्यक शौचालय व्यवस्थापनको जिम्मेवारी बडिमालिका नगरपालिकाले लिएको नगर प्रमुख पदम बडुवालले बताए । हिड्ने बाटोदेखि बडिमालिका मन्दिरसम्म ३० अस्थायी शौचालय निर्माणका लागि ३ दिनअघि नै प्राविधिकसहित कामदाहरू पठाइसकेको नगरप्रमुख बडुवालले बताएका छन् ।


बाजुरा जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रमा दर्शन गर्न यतिबेला तीर्थयात्रीको संख्या बढेको छ । जिल्लाका बुढिनन्दा, बडिमालिका, नाटेश्वरी, जुकोटको स्वामिकार्तिक, बडालेखलगायत क्षेत्रमा साउन पुर्णिमाको दिन एकैदिन पूजा गर्ने चलन छ ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?