कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

समयमै बनेन थालीगाड सबस्टेसन

‘केही बाहिरी संरचना निर्माणबाहेक अन्य काम सकिएको छ, सबस्टेसन चार्ज गर्न मात्र बाँकी हो, यसका संरचना निर्माण गरेरै २ महिनाअघि ११ केभी प्रसारण लाइन चार्ज गरिएको थियो’
मनोज बडू

दार्चुला — थालीगाड सबस्टेसनको निर्माण अझै पूरा भएको छैन । चमेलियामा उत्पादित विद्युत् दार्चुलाका विभिन्न ठाउँमा वितरण गर्न सबस्टेसन निर्माण सुरु भएको हो । काममा ढिला हुँदा चमेलियामा उत्पादन भएको विद्युत् स्थानीय उपभोग गर्नबाट वञ्चित छन् ।

समयमै बनेन थालीगाड सबस्टेसन

२०७३ मा इनर्जी प्याक इन्जिनियरिङ नरेन्द्र निर्माण जेभीसित १ वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भएको थियो । झन्डै ७ करोडमा निर्माण भइरहेको थालीगाड सबस्टेसन समयमै पूरा नहुँदा जिल्लावासीले अहिले पनि भारतीय बिजुली उपभोग गरिरहेका छन् ।

सबस्टेसनमा सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रेनिकल लगायतको काम सकिएर वाइरिङ र स्टेसनमा रङ लगाउने काम भइरहेको प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ । सबस्टेसनको हालसम्म कन्ट्रोल हाउस र ट्रान्सफर्मर स्विचलगायतका उपकरण राख्ने संरचना निर्माण भइसकेको क्षेत्रीय कार्यालयका इन्जिनियर चिजबहादुर गुरुङले बताए । ‘केही बाहिरी संरचना निर्माणबाहेक अन्य सबस्टेसनको काम सकिसकेको छ,’ उनले भने, सबस्टेसन चार्ज गर्न मात्र बाँकी हो । सबस्टेसनका संरचना निर्माण गरेरै २ महिनाअघि ११ केभी प्रसारण लाइन चार्ज गरिएको हो ।’


क्षेत्रीय कार्यालयले नै निर्माण गरिरहेको २५ किमि गोकुलेश्वर थालीगाड ३३ केभी प्रसारण लाइन निर्माणमा सकिएर शैल्यशिखर र महाकाली नगरपालिकाको सीमा क्षेत्र बडमुडे क्षेत्रमा ठूला रूख ढलेर लाइन निर्माण समस्या देखिएको उनको भनाइ छ । बीच जंगलमा ठूलो रूख ढल्दा गोकुलेश्वर थालिगाड प्रसारण लाइनमा ३ पोल ढलेका छन् ।


प्रसारण लाइन निर्माण कम्पनी र दार्चुला वितरण केन्द्रका कर्मचारीहरू अहिले बडमुडे जंगलको प्रसारण लाइन निर्माणमा खटिएको ५/७ दिन भएको दार्चुला वितरण केन्द्रका निमित्त प्रमुख मीनराज पन्तले बताए । प्राधिकरणलाई उक्त प्रसारण लाइन हस्तान्तरण नभए पनि आफूले चाँडै ३३ केभी प्रसारण लाइन चार्ज गरेर चमेलियाको उत्पादनमा जोड्ने उनको भनाइ छ ।


गोकुलेश्वर थालीगाड २५ किमि ३३ केभी प्रसारण लाइन तारुपारे खानी जेभीले निर्माण गरिरहेको छ । ३३ केभीको प्रसारण लाइनमुनिबाट ११ केभी प्रसारण तानिएको हुनाले जेठको सुरुमा राष्ट्रिय प्रसारणबाट सदरमुकाममा बिजुली बलेको वितरण केन्द्रले जनाएको छ । बडमुडे जंगलमा ३३ केभीको प्रसारण लाइन बिग्रेपछि २ साता नेपाली बिजुली उपभोग गर्न नपाउँदै फेरी

भारतीय नै बाल्न बाध्य भएको महाकाली नगरपालिका ९, दत्तुका रमेश डागाले बताए । प्रसारण लाइन र थालीगाड सबस्टेसन निर्माण सम्पन्न नहुँदा दिनहुँ अनियमित हुने भएकाले भारतीय बिजुली बाल्नुपरेको उनको भनाइ छ ।


चमेलियाले उत्पादन गरेको विद्युत् गत माघबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । लघु जलविद्युत् आयोजनाबाट दार्चुलामा झन्डै साढे ५ सय किलोवाट उत्पादन हुन्छ । त्यसबाहेक जिल्लाका लाली, जौलजिवी र हुतीबाट भारतीय विद्युत् खरिद गरी उपभोग गर्दै आएका छन् । दार्चुलामा प्रतियुनिट भारतबाट ११.२ रुपैयाँका दरले वार्षिक झन्डै साढे २१ लाख युनिट बिजुली खरिद गरी वितरण गरिने वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?