भएनन् युवालक्षित कार्यक्रम

कान्तिपुर संवाददाता

धनगढी — स्थानीय सरकारले २ वर्षको कार्यकाल बिताउँदा पनि सुदूरपश्चिम प्रदेशका युवालक्षित कार्यक्रम हुन सकेको छैन  । देखावटी रूपमा मात्र घरनजिक सरकार आएको यहाँका युवाहरूको गुनासो छ  ।

‘स्थानीय सरकार आउने कुरा सुन्दा लाग्थ्यो, अब गाउँघरमै विकास आउँछ, विगतमा युवाले भोग्दै आएका बेरोजगारीको समस्या छिटै टर्छ जस्तो लाग्थ्यो,’ धनगढीका ललित ओझाले भने, ‘प्रदेश र स्थानीय सरकारले रोजगारी त के सिर्जना गर्थे, सम्भावित अध्ययन समेत भएको छैन् ।’ उनले स्थानीय सरकारले युवाका क्षेत्रमा हालसम्म पनि काम गर्न नसकेको आरोप लगाए ।

जनप्रतिनिधिहरूका युवालक्षित चिल्ला कुरा कागजमै सीमित रहेको गुनासो गरे । ‘कागजमा युवा लक्षित निकै राम्रा नीति तथा कार्यक्रम छन्, अझ भाषणमा झनै मीठा कुरा, तर व्यवहारमा अहिले पनि युवाको अवस्था विगतभन्दा फरक छैन,’ उनले भने ।


प्रदेशका युवामा विकास र परिवर्तनको चाहना भए पनि सरकारले परिचालन गर्न नसकेको धनगढीकै अर्का युवा प्रेम ढुंगाना बताउँछन् । उनले स्थानीय सरकार आइसकेको २ वर्ष बित्दा पनि प्रदेश विकास र समृद्धितर्फ अघि बढ्न नसक्नु दुखद भएको बताए । ‘सातै प्रदेशमध्ये सुदूरपश्चिम सबैभन्दा बढि सम्भावना बोकेको प्रदेश हो । हामीले पनि रोजगारी र प्रदेश निर्माणको सपना देखेका थियौं,’ उनले भने, ‘प्रदेश सरकारले युवाशक्तिलाई रत्तिभर पनि प्रयोग गर्न सकेन ।’


राष्ट्र निर्माणमा सबै उमेर समूहका व्यक्तिहरूको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएपनि यदि सरकारले युवालाई थप क्रियाशिल बनाउन सके प्रदेश परिवर्तन हुन धेरै समय नलाग्ने धनगढीका निराज विष्टले बताए । उनले भने, ‘हामी युवा आफ्नै प्रदेशमा केहि गर्न चाहन्छौं । तर, दुखद कुरा उर्जावान युवाहरूलाई स्थानीय सरकारले हालसम्म काम लगाउन सकेको छैन ।’

सरकारले युवालाई काम लगाउन सकेन अथवा युवाको क्षमतालाई कदर गर्न सकेन भने युवाहरू कुलतमा फस्दै जाने डर हुने गरेको धनगढी ५ की पवित्रा जोशीले बताइन् । उनले हाल धेरैजसो युवा कुलत र लागूऔषधमा संलग्न हुनुको मुख्य कारण सरकारले युवाशक्तिलाई काम दिन नसक्नु रहेको बताइन् । ‘हिजो युवाको अवस्था जस्तो थियो आज बरु भयावह बन्दै गएको छ सुध्रिएको छैन ।

प्रकाशित : श्रावण २९, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?