विरिजात मेलामा ओइरिए दर्शनार्थी 

वसन्तप्रताप सिंह

बझाङ — पाँच दिनसम्म चल्ने जिल्ला कै प्रशिद्ध धार्मिक मेला बिरिजातमा दर्शनार्थीको घुँइचो लागेको छ । श्रावण शुक्ल पक्षको एकादशीबाट सुरु भएर जनै पुर्णिमाका दिन समापन हुने मेला भर्न बझाङ, दार्चुला, बैतडी लगायतका जिल्लाबाट तिर्थ यात्रीहरुसुर्मा सरोवरतिर प्रस्थान गरेका छन् ।

विरिजात मेलामा ओइरिए दर्शनार्थी 

विभिन्न जिल्लाबाट ८ हजारको हाराहारीमा तिर्थालुहरु सुर्मा सरोवर क्षेत्रमा पुगेको मेला व्यवस्थापन समितिले जनाएको छ ।


समुन्द्र सतहदेखि ४ हजार ९ सय मिटरको उचाइमा रहेको सुर्मा सरोवर ताल जिल्लाकै महत्वपूर्ण पर्यटकीय स्थल हो । सुर्मा सरोवर यात्रामा जाने व्यक्तिहरुले १५ दिनअघि देखि नै चोखोनितो बस्नुपर्ने, दैनिक पुजा आजा गरेर एक छाक मात्र खाना खानुपर्ने हुन्छ ।


तिर्थालुहरु शुक्ल पक्ष एकादशीका दिन जयपृथ्वी नगरपालिकाको सेलाखेतमा रहेको सुर्मा मन्दिरमा पुजाआजा गरी सुर्मा सरोवरको यात्रामा निस्कने गर्दछन् । एकादशीका दिन दौलिचौरको घोगाडामा रहेको सुर्मा थलीमा रातभर विभिन्न खालका भारी खेल खेलेर जाग्राम गर्ने र भोली पल्ट बिहानै हिँडेर साँझ सुर्मा सरोवर पुग्ने गरेको सुर्मा गाउँपालिकाका वीरेन्द्र बोहराले बताए ।


उनका अनुसार चर्तुदशीका दिन बिहान सुर्मा सरोवरमा स्नान गरी पुजा आजा गर्ने र त्यसको भोली पल्ट (जनैपुर्णिमाको दिन) त्यहाँबाट फर्केर सुर्मा गाउँपालिकाकाको थकुन्डागाउँमा रहेको सुर्मा देवीको मुख्य मन्दिरमा पुजा गरेपछि मेला सकिने गर्दछ ।


यो वर्ष सुर्मा मेलालाई थप आर्कषक बनाउन स्थानीय क्लबहरुले खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरेका छन् । मेलामा एक लाख राशीको भलिबल प्रतियोगिता, डाँफे नाच, देउडा प्रतियोगिता र अन्य विभिन्न सास्कृतिक कार्यक्रमहरु आयोजना गरिएको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?