२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

छोटकरी

जिल्लाको कुनाखेत मेलामा लागेको मेलाबाट व्यवस्थापन समितिले संकलन गरेको रकम दुई विद्यालयललाई प्रदान गरेको छ ।

मेलाको पैसा विद्यालयलाई
रुकुम -कास)- गाउँका विद्यालयमा भौतिक पूर्वाधारको अभाव भएपछि व्यापारी तथा स्टल प्रयोगकर्ताबाट उठाइएको १ लाख रकम दुई विद्यालयलाई प्रदान गरिएको हो । गाउँको जनज्योति प्राथमिक विद्यालय थारकाटे र प्राथमिक विद्यालय कुनाखेतलाई मेलामा संकलन भएको रकम प्रदान गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर खत्रीले बताए ।
दैलेखमा खानेपानी हाहाकार
दैलेख -कास)- सदरमुकाम दैलेखबजारमा ४ दिनदेखि आपूर्ति रोकिएकाले खानेपानीको हाहाकार भएको छ । सडक निर्माणको क्रममा डोजरले पाइप लाइन फुटाएपछि खानेपानी आपूर्तिमा अवरोध भएको हो ।  भवानीको ग्वाती-डाँडागाउँमा नयाँ सडक निर्माण गर्ने क्रममा डोजरले पाइप फुटाएको दैलेखबजार खानेपानी उपभोक्ता समितिले जनाएको छ ।     चार दिनसम्म आपूर्ति बन्द हुँदा पनि समितिले मर्मतमा चासो नदिएको उपभोक्ताले आरोप लगाएका छन् । 
विवादित सडकको शिलन्यास
रोल्पा -कास)- लामो समयदेखि विवादित सुलिचौर-गाम सडक दलहरूको सहमतिमा शिलान्यास भएको छ । दलका प्रतिनिधिहरूले शनिबार संयुक्तरूपमा शिलन्यास गरेका हुन् । टेन्डरका कारण विवाद भएपछि टेन्डर रद्द गरेर सडक खन्न सुरु गरिएको हो ।
६ दलका नेता सुलिचौरमा पुगेर विवाद अन्त्य गरेर सडक खन्न सहमत भएका छन् । विकासका लागि सबै एक भएको प्रतिबद्धता पनि उनीहरूले गरे । सडक निर्माणले पूर्वी रोल्पाको विकास गर्न सकिने उनीहरूले बताए । १८ करोडको लगानीमा उपभोक्ता समिति मार्फत बन्न लागेको सडक ३५ किलोमिटर लामो छ ।

प्रकाशित : पुस १३, २०६७ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?