छोटकरी

काठमाडौ — सिटी सेन्टरमा मनोरञ्जन केन्द्र
काठमाडौं -कास)- एनएलआइसी सिटी सेन्टरमा मनोरञ्जन केन्द्र खुलेको छ । तेस्रो तलामा ३६० डिग्री नाममा केन्द्र खुलेको हो ।

सिटी सेन्टरमा मनोरञ्जन केन्द्र
काठमाडौं -कास)- एनएलआइसी सिटी सेन्टरमा मनोरञ्जन केन्द्र खुलेको छ । तेस्रो तलामा ३६० डिग्री नाममा केन्द्र खुलेको हो । यसमा विभिन्न खेलको व्यवस्थाका साथै क्याफे पनि सञ्चालनमा रहेको उल्लेख छ । सञ्चालकका अनुसार ३६० मा विभिन्न पार्टी समेत आयोजना गर्न सकिनेछ ।

सोनीले थाइल्यान्ड घुमाउनेको नाम छान्यो
काठमाडौं -कास)- सोनीको आधिकारिक बिक्रेता नेपा हिमा टे्रड लिंकले आयोजना गरेको योजनाबाट थाइल्यान्ड भ्रमणमा जाने छानिएका छन् । कम्पनीका अनुसार राजेश ढकाल र पुरोषोत्तम खतिवडाले थाइल्यान्ड भ्रमणको पुरस्कार जितेका हुन् । योजना अवधिभर ३५ सयभन्दा बढीले सहभागिता जनाएको कम्पनीले उल्लेख गरेको छ । योजनामा डिस टिभीको डिटिएच सेवालगायत विभिन्न पुरस्कार पनि वितरण गरिएको विज्ञप्तिमा जनाइएको छ ।

एलजीको ँथ्री साइड’ रेपि|mजरेटर
काठमाडौं -कास)- एलजीले साइड बाई साइड रेपि|mजरेटर बजारमा ल्याएको
छ । वाइन स्टोरेज र्‍याक, खानाअनुसार तापक्रम राख्न सकिनेलगायत सुविधा यसमा रहेको उल्लेख छ । कम्पनीका अनुसार बाह्य टच डिस्प्ले, पानी र आइस डिस्पेन्सर, डुअर कुलिङजस्ता व्यवस्था यसमा छन् ।

टाँडीमा बजाजको सोरुम
काठमाडौं -कास)- बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले चितवनको टाँडीमा सुविधा सम्पन्न सोरुम खोलेको छ । उक्त सोरुममा मोटरसाइकलको बिक्री वितरणका साथै स्पेयर्स पाटर््स पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । सोरुम ्द्घाटनका क्रममा पहिला १५ ग्राहकलाई विशेष आर्थिक उपहार प्रधान गरिएको थियो ।

स्पाइसका दुई नयाँ सेट
काठमाडौं -कास)- स्पाइस मोबाइलको आधिकारिक बिक्रेता टेलिटकले आधुनिक र आकर्षक विशेषताले भरिपूर्ण दुई सेट बजारमा ल्याएको छ । एम ५२६२ र एम ५१७० मोडलका यी सेटमा दुई सिम राख्न मिल्ने कम्पनीले जनाएको छ । ८ जिबीको मेमोरी कार्ड हाल्न मिल्ने सेटमा २०४८ वटा गीत राख्न मिल्ने सुविधा छ । अन्य सुविधामा भिडियो प्लेयर, ठूलो स्वरको स्टेरियो स्पिकर, रेकर्डिङसहितको एफएम र इमेल/इन्टरनेट चलाउन सकिन्छ । यी सेटको मूल्य ४ हजार ४ सय ९५ रुपैयाँदेखि ५ हजार १ सय ४५ पर्ने कम्पनीले जनाएको छ ।

भोजपुर महोत्सव हुने
काठमाडौं -कास)- नेपाल पर्यटन वर्ष २०११ तथा डबली मेलाको अवसर पारेर भोजपुर महोत्सव आयोजना गरिने भएको छ । 'शाान्ति, सद््भाव र उन्नतिका लागि' मुख्य नाराका साथ पुस २४ गते सुरु हुने महोत्सव १५ दिन चल्ने आयोजक समितिका संयोजक हेमन्त मुकारुङले बताए ।
द सोल्टी युनाइटेड र गाविस सचिव हकहित संरक्षण केन्द्र भोजपुरको संयुक्त आयोजनामा माघ ८ गतेसम्म महोत्सव हुनेछ । महोत्सव अवधिभर भोजपुरलाई मदिरा निषेधित क्षेत्र बनाइने पनि आयोजक समितिले जनाएको छ ।
महोत्सवमा आदिवासी जनजातिका साँस्कृतिक झाँकी प्रदर्शनीका साथै खेलकुद, साहित्यिक संगोष्ठी, वृत्तचित्र प्रदर्शनी, सारंगी वादनलगायत मनोरञ्जनात्मक एवं जनचेतनामूलक गतिविधि सञ्चालन हुनेछन्् ।

प्रकाशित : पुस १५, २०६७ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?