१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

छोटकरी

काठमाडौ — बक्सिङ तयारी अन्तिममा
हेटांैडा -कास)- आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको अन्तरनगरपालिका स्तरीय महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

बक्सिङ तयारी अन्तिममा
हेटांैडा -कास)- आन्तरिक पर्यटक भित्र्याउने उद्देश्यले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको अन्तरनगरपालिका स्तरीय महिला तथा पुरुष बक्सिङ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । शनिबारदेखि सञ्च्ाालन हुने 'रोड टु हेटांैडा' भन्ने मुख्य नारा रहेको बक्सिङ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता मूल आयोजक समितिका संयोजक पुरणबहादुर जोशीले बताए । समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक जोशीले ३० नगरपालिकाका करिब १ सय ५० खेलाडीले भाग लिने जानकारी गराएका थिए । करिब ८ लाख रुपैयाँ खर्च हुने उक्त प्रतियोगिता सञ्चालनका लागि स्थानीय निकाय र संघसंस्थाले आर्थिक सहयोग गरेका छन् । हेटांैडा नगरपालिका-४ स्थित सहिद मैदानमा सञ्चालन हुने प्रतियोगितामा महिला खेलाडी ४० जना हुने आयोजकले बताएको छ ।

सुनगाभा र कोसी फाइनलमा
विराटनगर -कास)- दोस्रो हिसान खेल सप्ताहअन्तर्गत बुधबार फुटबलतर्फ उर्लाबारीको सुनगाभा र कोसी उच्चमावि फाइनल प्रवेश गरेका छन् । सुनगाभाले विराटनगरको सिटी कलेजलाई ३-० ले र कोसीले सिद्धार्थलाई सडनडेथमा ८-७ ले हराए । खेल सप्ताहमा १७ उच्चमाविका ७ सय ६५ खेलाडी सहभागी छन् । प्रतियोगितामा फुटबल, क्रिकेट, टेबलटेनिस र एथलेटिक्स समावेश छन् ।

डनबस्को कप अर्को महिना
काठमाडौं -कास)- डनबस्को कप बास्केटबल माघ १५ देखि २२ सम्म हुने भएको छ । प्लस टु स्तरमा हुने प्रतियोगितामा पुरुषतर्फ १६ र महिलामा ८ टिमले सहभागिता जनाउने डनबस्को कलेजका प्रमुख कपिलदेव रेग्मीले बुधबार बताए । प्रतियोगिताको यो १३ औं संस्करण हो भने प्राइम कलेज महिला र पुरुष दुवैको डिफेन्डिङ च्याम्पियन हो । प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ ।

भारतलाई दुई स्वर्ण
विराटनगर -कास)- नेपाल टेबल सकर फेडेरेसनको आयोजनामा बुधबार इन्डो-नेपाल टेबल सकर प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा भारतले दुई स्वर्ण र नेपालले १ स्वर्ण जितेका छन् । छात्रको युथ ८ डबल्स समूहमा भारतका अभिषेक र यानिसको जोडीले नेपालको मदरटेरेसा स्कुलका ओमकुमार यादव र अजय शाहको जोडीलाई हराएर स्वर्ण जिते ।
यसैगरी युथ १० समूहको डबल्समा नेपालको सगरमाथा स्कुलका कुमुद निरौला र आयुष बस्नेतको जोडीले भारतका सर्वेश चिम्पुलन्कर र अनिकेतको जोडीलाई हराएर स्वर्ण जित्यो । त्यस्तै युथ १२ समूहको डबल्समा भारतका अन्तरपि्रत र पंकजको जोडीले नेपालका सगरमाथा स्कुलका अभिषक शर्मा र सज्जलबाबु नेपालको जोडीलाई हराएर स्वर्ण हात पार्‍यो । विराटनगरस्थित डीएभी स्कुलमा तीन दिनसम्म सञ्चालन हुनेे प्रतियोगितामा विभिन्न ६ उमेर समूहका दुई मुलुकका ४ सय ५ विद्यार्थी सहभागी छन् । प्रतियोगितामा नेपालका ११ विद्यालय र भारतका विभिन्न १० प्रान्तका विद्यार्थीले भाग लिएका छन् ।

सोतोकान कराँते आजदेखि
काठमाडौं -कास)- नेपाल सोतोकान कराँते संघ
-एसकेआईएफ) को आयोजनामा आठौं इन्डो-नेपाल सोतोकान कराँते बिहीबारदेखि हुँदैछ । दुईदिने प्रतियोगितामा नेपालका २ सय र भारतका ६५ खेलाडीले विभिन्न तौम समूहमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ २० देखि ६५ केजीमा खुला, एकल र टिम काता गरी कुल १३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । यस्तै, महिलामा २५ देखि ५५ केजीमा खुला, एकल र टिम कातासहित १० स्पर्धामा खेल खेलाइनेछ । प्रतियोगिताको अनुमानित बजेट ४ लाख २५ हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ ।

सिरहाको जित
लहान -कास)- क्षेत्रीय महिला क्रिकेट प्रतियोगिताको पहिलो दिन बुधबारको खेलमा सिरहाले सर्लाहीलाई ८३ रनले हराएको
छ । लहान क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगितामा सिरहाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
जवाफमा सर्लाही आठ विकेट क्षतिमा ६३ रनमा सीमित भयो । सिरहाका तर्फबाट कविता गौतमले ४३ बलमा सर्वाधिक ३० रन जोडिन् । उर्मिला
चौधरीले पनि ३० रन योगदान गरिन् । 'वुमेन अफ द म्याच' सिरहाकी कविता गौतम घोषित भइन् ।

प्रकाशित : पुस १५, २०६७ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?