३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कार्बन मोनोक्साइड विषाक्तता

अतुल मिश्र

काठमाडौ — जाडोबाट बँच्न कोठा तताउने गर्नुभएको छ ? यो सँगै तपाईंको टाउको दुख्न थालेको छ ? थकाइ वा वाक्वाकी लाग्ने गरेको छ ?


उसो भए तपाईं कार्बन मोनोअक्साइड -सीओ) ग्यासको विषाक्त प्रभावमा पर्नुभएको छ । सीओ रंगहीन, गन्धहीन त्यस्तो विषालु ग्यास हो जसलाई न देख्न सकिन्छ, न त चाख्न वा सँुघ्न सकिन्छ ।
'सीओको विषाक्ततामा पर्ने मौसम सुरु भएको छ,' त्रिवि शिक्षण अस्पताल महाराजगन्जका आकस्मिक मेडिसिन विभाग प्रमुख प्रा.डा. प्रतापनारायण प्रसाद भन्छ््, 'पोहोर यही समयमा एकै परिवारका आठजना प्रभावित भएर आएका थिए, दुईजनाको ज्यानै गयो ।'
वीर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. ध्रुव सिंह सीओ विषक्तताबाट प्रभावित भएर अस्पताल ल्याइनेहरू प्रायः मृतक हुने बताउँछन् । 'दिउँसो ढोका नखुलेपछि आफन्त वा छरछिमेकले ढोका फोरेर अस्पताल ल्याउने गरेका हौं,' डा. सिंह भन्छन् ।
युनाइटेड स्टेट्स इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सी -ईपीए) को तथ्यपत्रअनुसार सीओ ग्यास त्यतिखेर उत्पन्न हुन्छ, जब ग्यास, तेल, कोइला, पेट्रोल वा दाउराजस्ता कुनै पनि कार्बनयुक्त इन्धन हावाको कमीका कारण पूर्णरूपमा उड््न सक्दैन । अर्थात् कुनै पनि इन्धन, प्राकृतिक ग्यास, प्रोपेन, पेट्रोल, तेल, मट्टीतेल, काठ वा कोइलालाई डढाउँदा सीओ ग्यास उत्पादन हुन्छ ।
घरमा रुम वा वाटर हिटर, कुकरजस्ता उपकरण गलत तरिकाले फिट गर्दा वा तिनको उचित रेखदेख नहँुदा पनि सीओ ग्यास निस्कन्छ । कोठामा चिम्नी वा भेन्टिलेसनको उचित व्यवस्था नहुँदा सीओ ग्यास जम्मा हुन्छ । सीओ उत्पन्न हुने अन्य उपकरणमा कार, पेट्रोल- डिजेलबाट चल्ने इन्जिन, स्टोभ र हिटिङ सिस्टम सामेल छन् ।
'सीओको विषाक्त प्रभावबाट बँच्न सम्बन्धित उपकरण उपयोगका बेला घरभित्र हावाको ओहरदोहर अर्थात् भेन्टिलेसन कायम राख्नुपर्छ,' प्रा.डा. प्रताप भन्छन्, 'कोठामा भेन्टिलेसन सही नभए हिटरबाट निस्निे ग्यासले स्वास्थ्यमा असर पार्न सक्छ ।'
ईपीएका अनुसार कुकर, ग्यास फायर्स, क्याबिनेट हिटरजस्ता चिम्नी नभएका उपकरणलाई कहिल्यै कुनै सानो, बन्द वा राम्रो भेन्टिलेसन नभएको कोठामा उपयोग गर्नुहुँदैन ।
ग्यास चलाउनुपरे भान्साकोठामा पर्याप्त हावा आउन जान पाओस् भनेर सुनिश्चित गर्नुपर्छ । भान्साकोठा तताउन कहिल्यै ग्यास स्टोभको उपयोग गर्नुहँुदैन ।
चिम्नी नभएका उपकरण घरबाहिर प्रयोग गर्न बनाइएका हुन्छन्् । त्यसैले घरभित्र तिनलाई उपयोग गर्नुहुँदैन । पूरै वा आंशिक बन्द स्थानमा यी स्रोतबाट उत्पन्न सीओको मात्रा बढ््छ । यो विषालु ग्यास सासका माध्यमबाट शरीरमा पुगेपछि रगतमा मिसिन्छ र शरीरको अक्सिजर्न सोस्नबाट रोक्छ । यो प्रक्रियाले शरीरलाई नोक्सान मात्र पुर्‍याउँदैन, मृत्युसमेत हुन सक्छ । रगतमा ३० प्रतिशत सीओ पुग्दा टाउको दुख्ने, थकाइ लाग्ने समस्या देखिन्छ । यो स्तर ४० प्रतिशत भए बेचैनी बढ्छ । यसको स्तर रगतमा ६० प्रतिशत हुँदा मान्छेले चेतना गुमाउँछ भने ८० प्रतिशतमा मृत्यु हुने गरेको छ ।
सीओको मात्रा कम हुँदा ज्यान नगए पनि लामो समयसम्म त्यसको परिवेशमा श्वासप्रश्वास गर्दा स्नायु तन्त्र र स्मरणशक्तिलाई प्रभावित पार्छ । यसको विषाक्त प्रभाव लामो समयसम्म रहन सक्छ ।
अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन
-सीडीसी) का अनुसार अमेरिकामा वर्षेनी सीओका कारण ५ सय व्यक्तिको मृत्यु हुन्छ । यही ग्यासका कारण अस्पतालको इमर्जेन्सी रूममा १५ हजार व्यक्ति पुग्छ्् । ६५ वर्षमाथिका व्यक्तिहरू अन्जानमा सीओ विषाक्ततामा पर्ने सम्भावना उनीहरूमा पहिलेदेखि नै कुनै रोग हुने भएकाले बढी हुन्छ ।
बेलायतको स्वास्थ्य मन्त्रालयअन्तर्गतको एनएचएसका अनुसार अचानक सीओको सम्पर्कमा आएर बेलायतको बेल्जमा ५० जनाको मृत्यु हुने गरेको छ । सीओले बिनाकुनै संकेत केही क्षणमै कसैको ज्यान लिन सक्छ ।
सीडीसीका अनुसार मौन हत्यारा भनिने सीओको सम्पर्कमा सामान्य रूपमा आए सुरुमा अलिअलि टाउको दुख्छ । सीओको सम्पर्कमा निरन्तर रहे तीव्र टाउको दुखाइ, रिंगटा, थकान, वाक्वाकी, चिढचिढ हुनेजस्ता समस्या देखिन सक्छ्् । त्यस्तै निर्णय-क्षमता, स्मरणशक्ति र अंगमा तालमेलको कमी हुन्छ । सीओले देखिने प्रारम्भिक लक्षण ध्यान नदिँदा प्रभावित व्यक्ति बेहोसीको स्थितिमा जाने गरेको
छ । कुनै लक्षण नदेखिने तर सीओको सुरक्षित प्रभावमा रहने अवस्था पनि हुन्छ । सीओ ग्यासको न्यून मात्राको निरन्तर सम्पर्कमा रहँदा यसको स्रोत हटाएपछि पनि स्वास्थ्यमा दीर्घकालीन नोक्सान पुग्न सक्ने सीडीसीको तथ्यपत्रमा उल्लेख
छ । यसबाट स्नायु तन्त्रमा दीर्घकालीन हानि हुन्छ, सिक्ने र सम्भिmने क्षमतामा अभाव देखिन थाल्छ । यो ग्यासले प्रभावित हुने खतरा सबै उमेरकालाई भए पनि मुटुको पुरानो रोग, साससम्बन्धी रोग, रगतको कमी भएकाहरू बढी प्रभावित हुन्छन् । गर्भमा रहेको बच्चालाई समेत यो विषको असर घातक हुन सक्छ ।
कसरी बच्ने ?
सीओ विषाक्तताले गर्दा आफू वा कसैमा लक्षण देखिएको अनुभूति हुनासाथ तुरन्त ताजा हावामा निस्केर सास फेर्नुपर्छ । घरका भ्mयालढोका खोल्नुपर्छ । स्टोभ, ओभन, हिटर वा यस प्रकारका उपकरण बन्द गरेर घरबाहिर निस्किनुपर्छ । बेहोसीजस्तो देखिए तुरुन्त अस्पताल पुग्नुपर्छ ।
सीओ विषाक्तताको शंका लागे कुनै पनि चिकित्सकको सल्लाह लिनुपर्छ । चिकित्सकले सास वा रगतको नमुना परीक्षण गरेर त्यसमा उपस्थित सीओको स्तर नाप्छन् । सीओ शरीरबाट धेरै छिटो निस्किने भएकाले त्यसको सम्पर्कमा आएको केही घन्टापछि परीक्षणमा यो ग्यासको उच्च मात्रा नदेखिनसमेत सक्छ ।
ग्यास गिजरले
ज्यानसमेत  जान सक्छ
ग्यास गिजरमा पानी तातिरहँदा कार्बन मोनोक्साइड ग्यास उत्पन्न हुन्छ । बाथरुममा भmयाल, भेन्टिलेसन राम्रो नभए निस्सासिएर नुहाउने व्यक्तिको मृत्यु हुन सक्छ । ग्यास गिजरको प्रयोग गर्दा प्रोपेन ग्यास भारी हुने भएकाले भुइँमा बस्छ र अक्सिजन कम भएर सीओको निर्माण हुन्छ, जुन मृत्युको कारण हुन्छ । सम्भव भएसम्म ग्यास गिजर बाथरुमबाहिर राख्नुपर्छ । बाथरुममै लगाउनुपरे पनि त्यहाँ ठूलो भेन्टिलेसन हुनुपर्छ । तातो पानी
पहिले नै थापेर बाथरुमको ढोका बन्द गर्नुपर्छ । ग्यास गिजर भएको बाथरुममा नुहाउनेले बढी समय लगाए एकपटक चेक
गर्न बिर्सनुहुन्न ।

प्रकाशित : पुस १७, २०६७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?