भोलिदेखि दुई फिल्म लाग्दै

काठमाडौ — फिल्म रिलिजको शुक्रबारे परम्परामा क्रमभंग गर्दै 'मेरो माया तिमीलाई' र 'जब जब माया बस्छ' बिहीबारदेखि प्रदर्शनमा आउने भएका छन् ।

दुवै फिल्म उपत्यकाबाहिर सार्वजनिक हुन लागेका हुन् ।
योगेश घिमिरे निर्देशित 'मेरो माया...' उपत्यकाबाहिर रिलिज भएको एक दिनपछि नै उपत्यकामा पनि लाग्नेछ । दुव्र्यसनका कारण भत्किएको सम्बन्धले निम्त्याएको पारिवारिक समस्यालाई देखाएर सन्देशमूलक बनाउन खोजिएको फिल्ममा सुशील क्षेत्री, जेसिका खड्का लगायतको अभिनय छ । स्त्रिmप्ट तथा संवाद जीबी रुवालीले लेखेका हुन् । द्वन्द्व हिमाल केसीको छ भने गणेश श्रेष्ठको छायांकन । उक्त फिल्म सोमबार राजधानीमा पि्रमियर गरिएको थियो ।
यसअघि 'दाग' मा सँगै काम गरेका निर्माता मणिराज पौडेल र निर्देशक विजय थापा 'जब जब...' मा पनि दोहोरिएका छन् । काठमाडौं, चितवन र सिक्किममा छायांकन गरिएको फिल्म प्रेमकथामा आधारित छ । सचिन सिंहले संगीत भरेको यस फिल्ममा जीवन लुइँटेल, रेखा थापा, सुनील दत्त, गणेश उप्रेती, सृजना बस्नेत लगायतको अभिनय छ ।
कमल राई र गोविन्द राईले संयुक्त रूपमा नृत्य निर्देशन गरेका छन् । कथा अशोक ढकालले लेखेका हुन् ।

प्रकाशित : मंसिर ७, २०६८ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?