कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम

विप्लव महर्जन

सल्यान — निजी विद्यालयमा झै ंशिक्षाको स्तरवृद्धि गर्न स्थानीय शिव निम्न माध्यमिक विद्यालय मूलडाँडाले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरेको छ । चार वर्षदेखि अंग्रेजीबाट कक्षा सञ्चालन गरेपछि विद्यालयमा बोडिर्ंङ छाडेर आउन थालेका छन् ।


बोर्डिङका ८० जना विद्यार्थी एकैपटक आउदा विद्यालयमा विद्यार्थी संख्या २ सय ८० पुगेको विद्यालयले जनाएको छ । स्यानीय खालको मुलडाँडास्थित निमाविको सिको गर्दै एक वर्ष नबित्दै कालालेख निमाविले अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेको छ ।
सामुदायिक विद्यालयले निःशुल्क अंगे्रजी माध्यमबाट कक्षा संचालन गर्दा दुइृ सय बिद्यार्थी नपुगेको बिद्यालयमा २ सय ५० पुगे । क्रमिक रुपमा प्रत्येक बर्ष बिद्यार्थी घटदै गएपछि गत बर्ष कालिका माध्यामिक कजेरीले समेत प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेको छ ।
कालिका माध्यामिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाउँदा प्राथमिक तहमा बिद्यार्थी संख्या हवात्तै बढेको छ । सबै बिद्यार्थी सामुदायिक बिद्यालयमा जादा नजिकै संचालित पिसजोन एकेडेमी समेत बन्द हुन पुगेको थियो । अंग्रेजी माध्यमबाट पढाइृ संचालन गर्दा हिजोआज बिद्यालयको स्वरुप नै परिबर्तन भएको छ ।
बालबालिकाहरु अंग्रेजी बोल्न थालेका छन । तर पाठयपुस्तक खरिदका लागी आबश्यक रकम नभएकाले समस्या उत्पन्न भएको सबै भन्दा पहिले अंग्रेजी माध्यमबाट कक्षा संचालन गरेको शिब निमाबि मुलडाडाका प्रधानाध्यापक डिल्लिबहादुर हमालले बताए । अ्रग्रेजी माध्यमबाट पढाउनका लागी त्यस्तै शिक्षक भर्ना गर्नुपर्ने भएकाले पनि आर्थिक समस्या देखिएको उनको भनाइृ छ ।
तीन बिद्यालय मात्र नभएर दर्जन भन्दा बढी बिद्यालयमा अंगे्रजी माध्यमबाट कक्षा संचालन गरिएको छ । बोडिङको जस्तै शिक्षा बालबालिकाहरुले निशुल्क पाउने भएकाले जिल्लाका अधिकांश सामुदायिक बिद्यालयले आउने शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पढाउने योजना बनाएका छन । जिल्लामा अहिले प्राथमिक , निम्न माध्यामिक , माध्यामिक उच्च माध्यामिक गरी ४ सय बिद्यालय संचालित छन् । सरकारले सामुदायिक बिद्यालय बाहिर रहेका बालबालिकालाइृ विद्यालयमा ल्याउन प्रत्येक बर्ष घरदैलो अभियान सञ्चालन गरे पनि विद्यार्थी संख्या बढ्नुका साटो घटदै गएपछि बिद्यालयहरुले आफनै श्रोतमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरेका हुन । अंग्रेजी माध्यमबाट पढाउन थालेपछि बिगतको तुलनामा विद्यार्थी संख्या बढ्दै गएका छन् ।
बोर्डिङ सरहको शिक्षा प्रदान गर्दै आएका बिद्यालयहरुले पाठयपुस्तकहरु समेत नेपाली बाहेक सबै अंग्रेजी माध्यममा लिखित पुस्तक खरिद गर्दै आएका छन ।
बालबालिकाहरुको डे्रसमा समेत टाई बेल्टको व्यवस्था गरेको बताए । सामुदायिक विद्यालयहरूले प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पढाउन शुरु गरेपछि धेरै बालबालिकाहरुले सानै उमेरमा अंग्रेजी बोल्ने र सिक्ने अबसर पाएका छन् ।
शिक्षकहरुले नेपाली पुस्तकहरु भन्दा अंग्रेजी माध्यमबाट प्रकाशन गरिने पुस्तक महंगो पर्ने भएकाले जिल्ला शिक्षा कार्यालयले पुस्तक खरिदका लागी अनुदान उपलब्ध गराउन आग्रह गरेका छन् ।
जिल्ला शिक्षा कार्यालय सल्यानले भने अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने विद्यालयलाई सहयोग गर्ने जनाएको छ । जिल्ला शिक्षा कार्यालयले बिस्तारै बिस्तारै जिल्लाका सबै सामुदायिक बिद्यालयमा अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने जिल्ला शिक्षा अधिकारि बालकृष्ण गैरेले बताए ।

प्रकाशित : पुस १७, २०६८ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?