कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

माओवादी अन्तरविरोध जिल्ला तहमा

उदयपुर — माओवादीको केन्द्रमा बढ्दै गएको विवादको असर जिल्लामा पुगेको छ । अध्यक्ष पुष्प्कमल दाहाल पक्षले जिल्ला इन्चार्ज हिमाललाई हटाएर सभासद समेत रहेका मोहनबहादुर खत्रीलाई जिम्मेवारी दिएपछि विवाद चुलिएको छ ।


शनिबार वैद्य पक्षका नेता मीनकुमार र जनवर्गीय मोर्चाले सदरमुकाम गाईघाटमा संयुक्त पत्रकार सम्मेलन गर्दै विधान विपरीत सभासद खत्री स्वेच्छाचारी ढंगले स्वघोषित माओवादी उदयपुरको इन्चार्ज भएको बताउँदै हिँडेको बताएका छन् ।
'घोषित रूपमा माओवादी पार्टीको उदयपुर जिल्ला इन्चार्ज हुँ भनी दिएको भम्रपूर्ण सर्वाजनिक अभिव्यक्तिप्रति पार्टी, सम्पूर्ण जनवर्गीय संगठन र जातीय क्षेत्रीय मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ,' सम्मेलनमा मीनकुमारले भने, 'स्मरण रहोस् हाम्रो पार्टीको राज्य समितिको सचिवालय समितिको सबभन्दा पछिल्लो बैठक २०८७ फागुन १० गते सुनसरी धरानको गीतमन्दिर धर्मशालामा बसेको हो ।'
विभिन्न तहका समितिहरू, भेला, सम्मेलन, बैठक र अधिवेशन नभएकाले जिल्ला इन्चार्ज हिमाल नै भएको सम्मेलनमा भनिएको छ । '२०६७ फागुनको बैठकले हिमाललाई इन्चार्ज बनाएको हो,' सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
जिल्ला इन्चार्ज लगायतका पदाधिकारी र राज्य समिति सदस्यको जिम्मेवारी र कार्य विभाजन राज्य समितिको बैठकले तोक्ने भएकाले उक्त बैठकले सभासद खत्रीको जिम्मेवारी जिल्ला कार्यालय मातहतमा रही सभासदको जिम्मेवारी पूरा गर्ने गरी तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
२०६७ फागुनयता जिल्ला समिति र राज्य समितिको कुनै पनि औपचारिक बैठक नबसेको मीनकुमारले बताए । 'बैठकले आधिकारिक रूपमा जिम्मेवारी नतोकी सभासदजस्तो व्यक्तिले आफूले आफैंलाई जिल्ला इन्चार्ज भनी जनता र कार्यकर्तालाई भम्र पार्दै हिँड्नुले जनयुद्धकालमा माओवादीको नाममा  ठगी खाने खाओवादी गिरोहले म माओवादीको एरिया कमान्डर हुँ, अञ्चल कमान्डर हुँ भन्दै सर्वसाधारणलाई लुट्दै हिँड्ने गिरोहको याद दिलाएको छ,' मीनकुमारको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति जिल्ला पार्टी, पार्टीका सम्पूर्ण जनवर्गीय संगठन र जातीय क्षेत्रीय मोर्चाका मातहतका सम्पूर्ण समिति र सदस्य शुभचिन्तक, आम जनसमुदाय, संघ-संस्था, सरकारी कार्यालयलाई सवैलाई सभासद खत्री आधिकारीक र बैधानीक इन्र्चाज नभएको जानकारी गराउदछौ भनिएको छ । विज्ञप्तीमा पार्टीका सहइन्र्चा मिनकुमार, अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष लक्ष्मण पौडेल, वाइसिएलका आध्यक्ष कुसल लगायत विभिन्न जनवर्गी र मोर्चाका १६ जनाले हस्ताक्षर गरेका छन् ।
यसैबीच केन्द्रमा विवाद बढ्दै जाँदा राज्य समिति इन्चार्ज संसदीय मामिला तथा संस्कृतिमन्त्री समेत रहेका गोपाल किराँतीले मीनकुमारलाई कारबाही र हिमाललाई हटाएर सभासद खत्रीलाई जिल्ला इन्चार्ज बनाएका थिए । वैध पक्षमा लागेकै कारण मीनकुमारलाई कारबाही र हिमालाई हटाएर खत्रीलाई इन्चार्ज बनाएको संस्थापन पक्षका माओवादीले बताउँदै आएका छन् ।

प्रकाशित : पुस १७, २०६८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?