कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पाँच गाविस मलेरियाप्रभावित

इनरुवा — सुनसरीका पाँच गाविसलाई मलेरिया अति प्रभावित क्षेत्र घोषणा गरिएको छ । महेन्द्रनगर, बक्लौरी, भरौल, दुहबी र विष्णुपादुका गाविस यस्तो क्षेत्र घोषित भएका हुन् ।

तिनमा ४८ हजार सुपरनेट -औषधियुक्त) झुल वितरण गर्न सुरु गरिएको छ । ती गाविसमा बिरामीको चाप अत्यधिक बढ्न थालेपछि अतिप्रभावित क्षेत्रका रूपमा घोषणा गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. श्रीरामप्रसाद साहले जानकारी दिए । उनले जिल्लाभर गरिएको परीक्षणमा मलेरियाबाट सबै गाविसका बासिन्दा प्रभावित देखिएको छ ।
तर ती पाँचवटा गाविसमा बिरामीको चाप अत्यधिक छ । लामखुट्टेबाट सर्ने भए पनि अति प्रभावित पाँचवटा गाविसमा भारतको असमबाट मलेरिया फैलिएको डा. साहले बताए । जिल्लाबाट भारतको असमलगायत क्षेत्रमा रोजगारीका लागि युवाहरू गएको र तिनीहरू फर्केर आउँदा मलेरियाको कीटाणु लिएर आएको साहले जानकारी दिए । जिल्लामा भारतबाट रोजगारी गरी फर्केकाहरूबाट बढी मात्रामा रोगको कीटाणु फैलिएको उनले बताए । प्रभावित र अति प्रभावित गाविसमा स्थानीयहरूले मलेरियाको कीटाणुबाट बच्ने उपाय अवलम्बन नगर्दा मलेरियाका विरामीहरूको संख्या बढ्दै गएको साहले जानकारी दिए ।
यसैबीच जिल्ल्ााको पाँच गाविस मलेरियाबाट अति प्रभावित भएपछि सो क्षेत्रमा ४८ हजार ६ सय २७ थान सुपरनेट -औषधियुक्त) झुल वितरण सुरु गरेको छ । दुई जना बराबर एउटा औषधियुक्त झुल वितरण गर्ने योजनाअन्तर्गत महेन्द्रनगर गाविसमा १४ हजार २ सय ३१, बक्लौरीमा ८ हजार २ सय १८, भरौलमा १० हजार ६ सय सात, दुहबीमा १२ हजार ४ सय १५ र विष्णुपादुकामा ३ हजार १ सय ५७ वटा औषधियुक्त झुल वितरण गरिनेछ ।

प्रकाशित : पुस १७, २०६८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?