३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लोडसेडिङको प्रभाव पुस्तकालयमा

मधु शाही

काठमाडौ — लोडसेडिङ बढ्दै गएपछि केशर पुस्तकालयमा रहेका हजारौं वर्ष पुराना हस्तलिखित ग्रन्थ डिजिटलाइज गर्ने प्रक्रिया रोकिएको छ ।


नेपाल जर्मन म्यानुस्त्रिmप्ट क्याटलगिङ प्रोजेक्टले एक वर्षदेखि मेसिन उपलब्ध गराई पुस्तकालयमा काम गर्दै आएको थियो । पछिल्लो समय बढ्दो लोडसेडिङले यो काममा अवरोध आएको केशर पुस्तकालय प्रमुख जानकी कर्माचार्यले बताइन् । उनले हस्तलिखित ग्रन्थ हजारभन्दा माथि भएको र त्यसको डिजिटलाइजेसन एक अंश पनि हुन नसकेको सुनाइन् ।
'गैरसरकारी संस्थाले सहयोग गर्दा पनि काम गर्न सकिएको छैन,' उनले भनिन्, 'बिजुलीको ठेगान छैन, कति बेला गर्ने, अलपत्र छ ।' शिक्षा मन्त्रालयमा जेनेरेटर चलिरहेका बेला पुस्तकालयको जेनेरेटरचाहिँ स्टोरमै थन्किएको छ ।
केशरशमशेरले आपmनो यो दरबारमा पुस्तक, मूर्ति, तस्बिर लगायत संकलनमा राखेका थिए, जुन २०२६ देखि शिक्षा मन्त्रालयको जिम्मेवारीमा आएको छ  । डेढ सय वर्षदेखि सञ्चालित पुस्तकालयमा केशरशमशेरद्वारा संकलित तस्बिर, भवन सामग्री समेत सुरक्षित राख्न कठिन भएको कर्माचार्यले बताइन् ।
उनका अनुसार भवनका मौलिक आकृति, तस्बिरको चमक दिन-प्रतिदिन जीर्ण हँुदै गएको छ । 'धेरै वर्ष पुराना तस्बिर छन्, औषधि प्रयोगले कहिलेसम्म जोगाउने ?' उनले भनिन्, 'मौलिकता हराउँदै जान्छ, छिट्टै केही गर्नु आवश्यक छ ।' उनले पुस्तक किन्न सरकारले वाषिर्क रूपमा ४ लाख दिने गरे पनि सो रकम पर्याप्त नरहेको गुनासो गरिन् ।
केशरशमशेेरद्वारा संकलित ऐतिहासिक, राजनीतिक विषयका -अधिकांश अंग्रेजी भाषामा लेखिएका) २८ हजार र केही नयाँ किताब थपेर हाल पुस्तकालयमा जम्मा ६० हजार पुस्तक छन् । पुस्तकालय अधिकृत सुरेश यादवका अनुसार पुस्तकालय शाखामा जनशक्तिको अभावले गर्दा पाठकलाई पर्याप्त सेवासुविधा दिन सकिएको छैन ।
'थोरै छाँै काम गर्ने,' उनले भने, 'पाठक धेरै आएको बेला निकै गार्‍हो पर्छ ।' उनले दैनिक डेढ सय जनाभन्दा बढी पुस्तकालयमा आउने गरेको बताए । उनले दरबन्दीमा २० कर्मचारी भए पनि कार्यान्वयनमा १० जनाजति भएको बताए । पुस्तकालयमा कर्मचारीलाई आकषिर्त गर्ने सेवासुविधा नभएका कारण प्रायःजसोले लामो समय टिकेर काम गर्न नसक्ने उनको बुझाइ छ ।
पुस्तकालय प्रमुख कर्माचार्यले भने थप जनशक्ति ल्याउनमा लोकसेवा आयोगले प्रक्रिया चलाइरहेको बताइन् । 'जे होस्, शिक्षा मन्त्रालय अहिले चाहिँ पुस्तकालयप्रति सकारात्मक बनेको छ,' उनले भनिन्, 'छिट्टै व्यवस्थित गर्ने प्रयासमा लागिपरेका छौं ।'
बिजुली उपलब्ध गराउन पनि जतिसक्दो चाँडो  उपयुक्त व्यवस्था हुन सके पुस्तकप्रेमीहरूले केशर पुस्तकालयबाट निराश हुनुपर्ने थिएन ।
 

प्रकाशित : माघ १३, २०६८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?