१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पुस्तक

लघुकथामा निरन्तर कलम चलाउँदै आएका डा. रवीन्द्र समीरको आठौं कृति 'अणु र पहाड' लघुकथा संग्रह बजारमा आएको छ ।

समीरको आठौं
काठमाडौं -कास)- जीवन र जगत्का विविध आयामलाई मनौवैज्ञानिक ढंगले उजागर गरिएको अणु र पहाडमा ६५ छोटा कथा छन् । यसअघि समीरका 'तेस्रो आँखा', 'पोस्टमार्टम', 'विकिरण', 'ईश्वरका कथा', र 'अर्जुनदृष्टि' लघुकथा संग्रह प्रकाशित छन् । 'अणु र पहाड' पैरबी बुक्सले प्रकाशित गरेको हो ।

सुचित्राका गजल
काठमाडौं -कास)- सुचित्रा खनियाँको गजल कृति बजारमा आएको छ । इजरायल रहँदै आएकी खनियाँको 'नियतिको खेल' कृतिको शनिबार डा. कृष्णहरि बरालले राजधानीमा सार्वजनिक गरे । सांगीतिक माहोलबीच सार्वजनिक गरिएको कृतिका गजललाई खनियाँले इजरायलबाटै टेलिफोनमा सुनाएकी थिइन् । केशव पौडेलको संगीतमा खनियाँकै गजल 'तिम्रो मेरो प्रेमको...' भने गायिका निशा देशारले प्रत्यक्ष गाएकी थिइन् ।
कार्यक्रममा देवी नेपालले खनियाँका गजलमा जिन्दगीका भोगाइ र समयका स्वर पाइने दाबी गरे । साहित्यकार वसन्तप्रकाश उपाध्याय, प्रभाती किरण, आनन्द श्रेष्ठ, रवि प्राञ्जल, रमेश पौडेल लगायतले पनि टिप्पणी गरेका थिए । संग्रहमा एक सय गजल छन् ।

वाल्मीकिको पत्रिका
काठमाडौं -कास)- नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ, वाल्मीकि विद्यापीठ एकाइले नेपाली र संस्कृतका खोजमूलक आलेखहरूको संग्रहित जर्नल 'वाल्मीकि प्रज्ञा' सार्वजानिक गरेको छ । विश्वविद्यालयका उपकुलपति शिवहरि मरहट्टाले आइतबार आयोजित कार्यक्रममा जर्नल सार्वजनिक गरेका हुन् । जर्नलमा ४९ जनाका साहित्य, दर्शन, भाषा तथा शैक्षिक विषयका अनुसन्धानात्मक लेख समेटिएका छन् । उपकुलपति मरहट्टाले प्राज्ञिक क्षेत्रका व्यक्तिहरू सिर्जनात्मक काममा नलागे उच्च शिक्षाको अवस्था नसुधि्रने बताए ।

प्रकाशित : आश्विन २९, २०६९ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?