कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दुई वर्षमा तीन सय विद्यालयमा भौतिक संरचना निर्माण

विप्लव महर्जन

सल्यान — शिक्षा कार्यालयले दुई वर्षको अवधिमा ४ सय ६१ मध्ये ३ सय विद्यालयका भवन र शौचालय निर्माण गरेको छ ।

१ सय २० विद्यालय भवन मर्मत गरेको जनाएको छ ।
विज्ञान भवन ७, दुई कोठे ७०, शौचालय ४ सय र १ सय २० मर्मत गरेको छ । आर्थिक वर्ष २०६७/०६८ मा ३ वटा विज्ञान भवन, दुई कोठे ३० र १ सय २२ वटा शौचालय निर्माण र ६८ विद्यालय मर्मत गरेको जनाएको छ । त्यस्तै आव २०६८/०६९ मा ४ विज्ञान, ४० दुई कोठे भवन र २ सय ७८ शौचालय निर्माणका साथै ५२ भवन मर्मत गरेको छ । सेभ द चिल्ड्रेनले आर्थिक सहयोग गरेपछि शिक्षाले भौतिक संरचना निर्माण गरेको बताएको छ ।
भवन बनेपछि चौरमा बसेर पढने बालबालिका भवनमा बसेर पढाइ गर्न थालेको जिल्ला शिक्षा अधिकारी रामबन्धु सुवेदीले बताए । 'जिल्लामा ७० प्रतिशतभन्दा बढी विद्यालयको भौतिक संरचना जीर्ण थियो,' उनले भने, '५० प्रतिशतभन्दा बढीमा भवन, शौचालय बनिसकेका छन् ।'
अघिल्लो आर्थिक वर्षमा सेभ द चिल्ड्रेनले ५ करोड र यस वर्ष ६ करोड ५० लाख अनुदान दिएको थियो । विद्यालयहरूमा प्राथमिकताको आधारमा भवन, शौचालय, निर्माण गर्दै आएको उनको भनाइ छ । विद्यालयमा धमाधम भौतिक संरचना निर्माण भएपछि ८० हजार विद्यार्थी रहेको जिल्लाका ६० हजार जतिलाई राहत भएको उनले जनाए ।
प्राविधिक दिलसन राईले पहिला अधिकांश विद्यालय खरको छाना तथा ढुंगाले छाएको अवस्थामा रहेको र शिक्षाले अनुदान दिएपछि निर्माण गरिएका नयाँ भवन अधिकांश टिनले छाएका र केही पक्की रहेको बताए ।
विज्ञान भवन नहुँदा ल्याबमा अभ्यास गर्न नपाएका विद्यार्थीहरूले नियमित अभ्यास गर्न पाएका
छन् । त्यति मात्र नभएर खुलाशौच गर्दै आएका विद्यालयका बालबालिकाहरूले शौचालयमा गएर दिसापिसाब गर्न पाएको शिक्षक टीकाराम आचार्यले बताए । भौतिक संरचनाका लागि अब खासै समस्या नभएको उनले दाबी गरे । भौतिक संरचना निर्माणमा शिक्षाले गरेको कार्यप्रति उनले खुसी व्यक्त गरे ।

प्रकाशित : पुस १७, २०६९ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?