मर्मतपछि मल्टिफ्युल सञ्चालनमा

लीलावल्लभ घिमिरे

विराटनगर — लोमो समयदेखि बन्द मोरङको टंकीसिनवारीमा रहेको दुहवी मल्टी फ्युल सोमबारबाट पूर्णरूपमा सञ्चालनमा आएको छ ।

६ वटौ टर्बाइनको मर्मत पूरा भई ठेकेदार पक्षले आफूहरूलाई सोमबारबाट पूर्णरूपमा जिम्मा लगाएको केन्द्र प्रमुख बाबुराजा महर्जनले बताए ।
उनले भने, 'अब हामी जुन बेला पनि ३० मेगावाट विद्युत् उत्पादन गर्न सक्छांै ।' विश्व बैंकको आर्थिक सहयोगमा फिनल्यान्डको बार्सिला ओबाई कम्पनीले ७७ लाख युरो खर्च गरेर मल्टिफ्युल मर्मत गरेको हो । फर्नेस आयलबाट सञ्चालन हुने उक्त मल्टिफ्युलले विद्युत् उत्पादन गर्दा प्रतियुनिट करिव २८ देखि ३० रुपैयाँसम्म लाग्ने बताएको छ । एक लिटर फर्नेस आयलले साडे तीन देखि ४ युनिटसम्म विद्युत् उत्पादन हुने केन्द्र प्रमुख महर्जनले बताए ।
गएको तिहारको समयमा बेलुका मल्टिपmयुलबाट उत्पादन गरिएको ६ मेगावाट विद्युत् वितरण गरिएको थियो, भने केही दिनअघिबाट १८ मेगावाट विद्युत् साँझ ३ देखि ४ घन्टासम्म वितरण लाइनमा जोडिएको थियो । आवश्यक परेको बेलामा ३० मेगावाट वितरण लाइनमा दिन सक्ने केन्द्र प्रमुख महर्जनले बताए । उनले भने, 'भार प्रेसर केन्द्रको निर्देशनमा हामी वितरण लाइनमा जोड्छौं ।' ३६ मेगावाट उत्पादन हुने भए पनि ३० मेगावाट दिन सकिने उनले बताए ।
३९ मेगावाट क्षमता रहेको उक्त मल्टिफ्युलले ३६ मेगावाट विद्युत् उत्पादन गर्नेछ । मल्टिफ्युलमा ६ वटा टर्बइन रहेका छन् । विश्व बैंकको सहयोगमा दुई वर्ष लगाएर यसको मर्मत गरिएको हो । मल्टिफ्युलले विद्युत् उत्पादन गर्न थालेपछि यस क्षेत्रको लोडसेडिङ घट्नुका साथै चरम विद्युत् संकट भोगिरहेका उद्योगीहरूलाई राहत मिल्ने आशा गरिएको छ । मल्टिफ्युल सञ्चालनका लागि निजी क्षेत्रलाई दिनुपर्ने यहाँका उद्योगीहरूको माग छ ।
सुनसरी मोरङ औद्योगिक क्षेत्रमा दैनिक उद्योगहरूलाई मात्र ९० मेगावाट विद्युत् आवश्यक
पर्छ । पूर्व क्षेत्रमा दैनिक १ सय ७५ मेगावाट विद्युत्को माग छ तर भारतबाट आउने ६० मेगावाट मात्र यस क्षेत्रका लागि आउने गरेको छ । विद्युत् अभावमा यहाँका उद्योगहरूले आफ्नो उत्पादनमा ५० देखि ६० प्रतिशतसम्म कटौती गरेका छन् ।

प्रकाशित : पुस १७, २०६९ १४:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पाठेघर खस्ने समस्या लाजले लुकाउँछन्

कुम्भराज राई

ओखलढुंगा — यहाँको वाक्सा ९ की ५१ वषिर्या नवलसरी राईको पाठेघर खस्न सुरु भएको २४ वर्ष बित्यो ।

कान्छी छोरी जन्मेपछि खसेको पाठेघरको समस्या अहिलेसम्म उनले सहेरै बसेकी थिइन् । त्यसमाथि गाउँघरमा सुनाउँदा लाज हुने भन्दै लुकाएर बस्दाको पीडा कति थियो उनी आफै बयान गर्न सक्दिनन् । भर्खरै उनको सामुदायिक अस्पताल ओखलढुंगामा शल्यक्रिया भएको छ ।
'कतै सुनाउनै सकिनँ । आफ्नै परिवारका सदस्यहरूलाई समेत लुकाएरै बसेँ ।' नवलसरीले भनिन्, 'यसपालि भने आमा समूहलाई सुनाएँ अनि निःशुल्क नै अपरेसन हुन्छ भन्ने सुनेर आएकी हुँ ।' पोखरे ८, खानीभन्ज्याङकी ३९ वषर्ीया मनकुमारी श्रेष्ठले पनि विगत आठ वर्षदेखि पाठेघर खस्ने रोगलाई लुकाएरै राखेकी थिइन् ।
दुई सन्तानकी आमा मनकुमारीले पछिल्लो बच्चा जन्माएको १ महिनामै भारी बोक्दा आफ्नो पाठेघर खसेको बताइन् । 'कसैलाई सुनाउ“m भने लाज लाग्यो । उपचार गर्न जाउँ खर्च थिएन ।' उनले भनिन्, 'त्यही दुःखले यतिका लुकाउनुपरेको थियो । अहिले बिनापैसा अप्रेसन गरेकी छु, निकै खुसी लागेको छ ।'
नवलसरी र मनकुमारी मात्रै होइनन् उनीहरू जस्तै पाठेघर खस्नेे जटिल समस्या बोकेका महिलाहरूले समाजमा लाज मानेकै कारण लामो समयसम्म उपचार पाएका छैनन् । चेतनाको अभावले गर्दा यस्तो समस्या ग्रामीण भेगका महिलाहरूमा बढी देखिएको चिकित्सकहरूको भनाइ छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ग्रामीण स्वास्थ्य विकास परियोजना र जिल्ला स्वास्थ्यले गाउँ-गाउँमा संचालन गरेको शिविर अनुसार पाठेघर खस्नेसम्बन्धी समस्या देखिएका ११ सयको हाराहारीमा महिलाहरू छन् । त्यसमध्ये ६ सयको संख्यामा शल्यक्रिया गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ ।
यही समस्यालाई मध्यनजर गर्दै दुई सातादेखि यहाँको सामुदायिक अस्पताल ओखलढुंगामा निःशुल्क शल्यक्रिया सुरु भएको छ । स्वीस सरकारको सहयोगमा सञ्चालित ग्रामीण स्वास्थ्य विकास परियोजना र अस्पताल दुवैको सहकार्यमा यो सेवा सुरु गरिएको हो ।
सुरुको चरणमा ५० जनाको शल्यक्रिया गर्ने लक्ष्य लिएको ग्रामीण स्वास्थ्य विकास परियोजनाका प्रशासन तथा वित्तीय अधिकृत कैलाश श्रेष्ठले बताए । अहिलेसम्म १८ जनाको सफल शल्यक्रिया भइसकेको अस्पतालका अपरेसन सर्जन डा. निरेश थापामगरले बताए । डा. थापाका अनुसार अधिकांश महिलाहरू जटिल अवस्थामा पुगिसकेको भेटिएको छ ।
हाल एक जना बिरामी बराबर बढीमा २४ हजार रुपैयाँसम्मको खर्चिलो शल्यक्रिया भएको छ । त्यसमध्ये कर कट्टी गरेर ग्रामीण स्वास्थ्य विकासले १५ हजार रुपैयाँ उपलब्ध गराएको छ भने बाँकी रकम अस्पताल आफैले बेहोरेको छ । दुई दिनभन्दा टाढाको बाटोबाट आएका बिरामीलाई परियोजनाले थप ४ हजार र १ दिनको बाटोबाट आएकालाई २ हजार ५ सय उपलब्ध गराएको वित्तीय अधिकृत कैलाश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार जिल्लाभरिमा    चिकित्सकहरूका अनुसार सुत्केरी समयमा गह्रौं भारी बोक्नु र उचित स्याहारको कमी नै यसको प्रमुख कारण हो । सरकारले यस्तो समस्याको लागि क्षेत्रीय स्वास्थ्य निर्देशनालयमार्फत बेलाबेलामा शिविरका लागि बजेट छुट्याउँदै आएकोमा यस वर्ष भने बजेटको अनियमितताले यहाँ यससम्बन्धी शिविर सञ्चालन हुन सकेको छैन ।
गाउँमा रहेका आमा समूहले स्वास्थ्य चौकीमा शल्यक्रिया गर्ने बिरामी प्रमाणित गराई ग्रामीण स्वास्थ्य विकास परियोजनालाई सिफारिस गर्ने गरेको छ र सोही परियोजनाको सिफारिस लिएपछि मात्रै अस्पतालले शल्यक्रिया गर्ने नियमअनुसार शल्यक्रिया भइरहेका छन् ।

प्रकाशित : पुस १७, २०६९ १४:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT