कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जीर्ण झोलुंगे पुलले जोखिम बढ्यो

विप्लव महर्जन

काभ्रा (सल्यान — ३ दशकअघि काभ्रा र कारागिठी गाविसको बीचमा पर्ने झिरघाटको शारदा नदीमा निर्माण गरिएको झोलुंगे पुल जीर्ण हुँदा स्थानीयवासी जोखिम

मोलेर आवतजावत गर्न बाध्य छन् । मर्मतसम्भारको अभावमा यो पुल जीर्ण भएको हो । पुलका काठ खसेर ठाउँ-ठाउँमा भ्वाङ परेको छ । काठका फल्याक कुहिएर मक्किएका छन् । पुललाई अड्याउने लहरा चुँडिएर भुइँमा खसेका छन् । यस्तो जोखिममा वारपार गर्न यात्रुलाई सकस हुने गरेको छ । दैनिक दुई सयभन्दा बढी यात्रु हिँडडुल गर्ने नाकामा झोलुंगे पुलको यस्तो गतिले उनीहरूको मनमा त्रास फैलने गरेको छ । पुल जीर्ण हुँदा काभ्रा, कारागिठी, लक्ष्मीपुर, हिवल्चा र दाङको पुरन्धारा तथा बाघमारेका स्थानीय बढी प्रभावित छन् । विद्यार्थी समस्यामा परेका छन् । नजिक अर्को पुल नहुँदा लहरा समातेर आउजाउ गर्नुपरेको उनीहरूले बताए । बीच तथा छेउपट्टि फल्याकको सट्टा बाँसको टुक्रा र केही काठ राखे पनि पुलको अवस्था उस्तै रहेको छ । जीर्ण पुलबाट खसेर दुई जना गम्भीर घाइते भइसकेका छन् । ०३४ सालमा जिविसले निर्माण गरेको यो पुल ०५४ सालमा सामान्य मर्मत गरिएको
थियो । त्यसपछि सरोकारवाला निकायले कुनै चासो नदिदा पाँच वर्षदेखि जीर्ण रहेको स्थानीय पुष्कर बस्नेतले बताए । 'लहरा चुँडिएपछि बाँस र काठको टेको लगाएर वारपार गर्ने व्यवस्था मिलाइए पनि गत वर्षातको समयमा शारदा खोलाले टेको बगाएपछि झनै समस्या छ,' उनले भने ।
तीन वर्षअघि सोही ठाउँमा अर्को पुल बनाउन सर्भे गरिएको थियो । गत वैशाखदेखि शारदा नेपाल नामक संस्थाले सोही ठाउँमा नयाँ पुल बनाउन सुरु गरेको थियो । सामग्रीको अभाव तथा जग्गामा आएको विवादले बीचैमा रोकिएको निर्माण समिति अध्यक्ष कमल बोहराले बताए । यसवर्ष पुल निर्माण हुन नसके आउँदो वषर्ामा खोला वारपार गर्न झनै सास्ती हुने उनको भनाइ छ ।

प्रकाशित : पुस १६, २०७० १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?