कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

छोटकरी

डुम्राहा गाविस ४ को पोखरीमा दुई वर्षका दुर्गाराज चौधरीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

डुबेर मृत्यु
सुनसरी -कास)- सोमबार मृत्यु भएको चौधरीको मंगलबार सनखत र मुचुल्का गरी परिवारको जिम्मा लागाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुर्घटनामा निधन
विराटनगर -कास)- सुनसरीको दुहवी ४ मा भएको दुर्घटनामा मंगलबार एक महिलाको मृत्यु भएको छ । को ११प ५९५ नम्बर मोटरसाइकल अनियन्त्रित भई लड्दा को १ त ३९०४ नम्बरको ट्रयाक्टरले किचेर मोटरसाइकल पछाडि सवार स्थानीय ४० वषर्ीया अथावती सहनी गम्भीर घाइते भएकी थिइन् । उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सामान्य घाइते छन् ।

पत्रकार प्रधान अस्पताल भर्ना
सुनसरी -कास)- अग्रज पत्रकार याम प्रधान उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका छन् । पत्रकार प्रधान उच्चरक्तचाप र मधुमेहबाट पीडित छन् । यसैबीच सुनसरी कांग्रेसले सातादेखि अस्पतालमै भर्ना भएर उपचाररत प्रधानको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रकाशित : पुस १७, २०७० १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?