कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

फसाउन खोजेको दाबी

कान्तिपुर संवाददाता

काठमाडौ — प्रहरीले पक्राउ गरी अपहरण मुद्दा चलाएका महेशबहादुर सिंहको परिवारले दुःख दिने नियतले प्रमाण संकलन गरिएको दाबी गरेका छन् ।

प्रकाशचन्द्र बस्नेत र उनकी पत्नीको अपहरण प्रयास आरोपमा उनलाई बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरिएको हो ।
अपहरण र बन्धक बनाएर ऋणीसँग चर्को ब्याज असुलेको अभियोगमा मुद्दा प्रक्रिया अघि बढाइएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै सिंहका दाजु महेन्द्रबहादुरले ऋण उठाउन अदालती प्रक्रिया अघि बढेको अवस्थामा अपहरणको आरोप लगाइनुमा फसाउने नियत रहेको दाबी गरे । बस्नेतले पटक-पटक गरी ६ करोड ५० लाख ऋण लिएको र समयमा फिर्ता नगरेपछि ललितपुर जिल्ला अदालतमा दायर गरिएको महेन्द्रको दाबी छ ।
बरामद हतियार लाइसेन्सप्राप्त भएको र घरमा भेटिएको जरायोको सिङ आफ्ना बाबु पूर्वअञ्चलाधीश मोहनबहादुर सिंहले ओखटोपहारबाट ल्याएको पुरानो वस्तु भएको दाबी समेत उनले गरे । महेश पत्नी जयश्रीले पतिलाई जबरजस्ती फसाउन खोजिएको दाबी गरिन् ।

प्रकाशित : फाल्गुन ३०, २०७० ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?