२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राष्ट्रिय क्रिकेट

भैरहवाको फराकिलो जित

काठमाडौ — गत वर्षको उपविजेता क्षेत्र नम्बर-४, भैरहवाले क्षेत्र नम्बर-३, काठमाडौंलाई १ सय २५ रनले हराएर बुधबार पेप्सी स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय क्रिकेटमा

राष्ट्रिय क्रिकेट
राम्रो सुरुआत गरेको छ ।
इन्जिनियरिङ कलेजको पुल्चोक मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भैरहवाले ४५ ओभर ३ बलमा अलआउट हुँदै २ सय २७ रन बनायो । त्यसमा प्रकाश केसीले ६२ रन योगदान गरे । काठमाडौं भने ३५ ओभर ४ बलमा १ सय २ रन बनाएर अलआउट भयो । काठमाडौंका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । प्रमोद बस्नेतले सर्वाधिक २१ रन जोडे ।
भैरहवाको इनिङ्समा प्रकाशले ८२ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । उनी 'प्लेयर अफ द म्याच' चुनिए । शंकर रानाले ४२ बलमा ७ चौका प्रहार गर्दै ३६ रन बनाए । काठमाडौंका सोनु तामाङले ३ तथा प्रशान्त शाक्य र प्रमोद बस्नेतले २-२ विकेट लिए । सिर्जन सुवेदी र विजय गौतमको नाममा १-१ विकेट रह्यो ।
भैरहवाका लाल अधिकारीले १० ओभरमा ४ मेडन राख्दै १६ रन दिएर ३ विकेट लिएर काठमाडौंलाई संकटमा पारेका थिए । सुसन भारीले पनि ७ ओभरमा १ मेडन राख्दै १२ रन मात्र दिएर ३ विकेट हात पारे । दीपेन्द्र यादवले २ र मइनुद्दिन खानले पनि १ विकेट लिए ।
वीरगन्ज सफल
पोखरा- पोखरामा बुधबार क्षेत्र नम्बर-२, वीरगन्जले क्षेत्र नम्बर-६, बैतडीलाई पराजित गर्‍यो । पोखरा रंगशालामा भएको प्रतियोगितामा वीरगन्जले बैतडीलाई ३४ रनले हराएको हो । टस जितेर ब्याटिङ रोजेको वीरगन्जले ४५.१ ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन जोडेको थियो । बैतडी ४८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ९९ रनमै सीमित भयो ।

प्रकाशित : चैत्र २७, २०७० ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?