छोटकरी

सुरक्षाकर्मीले सदरमुकाम तौलिहवा बजार सरसफाइ गरेका छन् । बिहीबारदेखि हुने प्राचीन कपिलवस्तु महोत्सवका अवसरमा कालीजंग गणका सेना, प्रहरी र सशस्त्रले सरसफाइ गरेका हुन् ।

छोटकरी
बजार सरसफाइ
कपिलवस्तु (कास)- सामुदायिक सेवा केन्द्रद्वारा आयोजित सरसफाइ कार्यक्रममा २ सय बढी सुरक्षाकर्मी सहभागी थिए । बिहान ८ देखि १० बजेसम्म आयोजित कार्यक्रममा जवान देखि अधिकृतसम्मकाले कुचो समातेर बढारेका थिए ।

बिरामी प्रहरीलाई आर्थिक सहयोग
पर्सा (कास)- एक बिरामी प्रहरी जवानलाई जिल्लाका सबै प्रहरी इकाइबाट आर्थिक सहयोग गरिएको छ । सिन्धुपाल्चोक दरबन्दी भई वडा प्रहरी बिर्तामा कार्यरत प्रहरी जवान केदार तिवारीलाई इकाइहरूबाट संकलित १ लाख १४ हजार ३ सय ५ रुपैयाँ प्रदान गरिएको हो । प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले तिवारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । २०७० पुस १४ गते डिउटी गर्ने क्रममा उनी अचानक बिरामी भई तत्काल वीरगन्जस्थित एड्भान्स मेडिकल अस्पतालमा भर्ना गरिएका थिए । उनलाई राजधानी लगेर परीक्षण गरिएपछि ग्युलेन ब्यारे सिन्ड्रोम नामक प्यारालाइसिस भएको ठहर भएको थियो ।

पखालाले गाउँ नै बिरामी
रौतहट (कास)- गत सातादेखि जिल्लाका ग्रामीण क्षेत्रमा फैलिएको पखाला नियन्त्रणमा आएको छैन । बुधबारसम्म ४ सय बिरामी परिसकेका छन् । चन्द्रनिगाहपुर ३ गैंडाटारमै दैनिक दर्जनभन्दा बढी बिरामी पर्दै आएका छन् ।  
भावित गाउँमा पखालाको महामारी छ । १२ जनाको अवस्था नाजुक बनेपछि भरतपुर र काठमाडांै रेफर गरिएको जिल्ला अस्पतालका अहेव गुणराज घिमिरेले जानकारी दिए । बिरामीहरूलाई त्यहाँको जनशक्ति माविमा राखेर उपचार गराइएको छ । खानेपानी अभाव भएपछि गाउँलेहरूले लामो समयदेखि चाँदीखोलाको पानी पिउँदै आएका थिए । बुधबार स्वास्थ्य सेवा विभाग महामारी नियन्त्रण महाशाखा टेकुबाट डाक्टर प्रनिलमानसिंह प्रधानसहितको टोली आई प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।  

मिस टिन हुने
पर्सा (कास)- वीरगन्जमा मिस टिन नारायणी २०१४ र अन्तर विद्यालय नृत्य प्रतियोगिता हुने भएको छ । बिसिएन इभेन्ट म्यानेजमेन्ट प्रालिले फेमिन ब्युटी होम एन्ड टे्रनिङ सेन्टरसँगको सहकार्यमा असार १४ गते मिस टिन नारायणी आयोजना गर्दैछ । त्यसैगरी प्याब्सन, एन प्याब्सन र पसर्ा स्टारिङ डान्स एकेडेमीसंगको संयुक्त आयोजनामा जेठ १५ गते नृत्य प्रतियोगिता आयोजना  गरिंदैछ । बिसिएन इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक रञ्जन गुप्ताले स्थानीय प्रतिभालाई मञ्च तथा अवसर दिने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

प्रहरीको नागरिक सुनुवाइ

बागलुङ- जिल्ला प्रहरी कार्यालयले हरेक दुई महिनामा आफ्ना गतिविधि नागरिक सुनुवाइमार्फत सार्वजनिक गर्न थालेको छ । सामुदायिक सेवा समाजको सहकार्यमा सर्वसाधारणलाई जानकारी दिने गरी सबै गतिविधि सार्वजनिक गर्न थालेको प्रहरी नायव उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताए । कार्यालयले बुधबार फागुन दोस्रो साता देखि वैशाख दोस्रो सातासम्ममा जिल्लामा  भएका सबै घटनाबारे फेहरिस्त प्रस्तुत गर्‍यो ।  
प्रहरी तथ्यांकअनुसार दुई महिनामा सबै घटनामा गरी २५ जनाको ज्यान गएको छ । त्यसमध्ये १० जनाले आत्महत्या गरेका छन् । जिल्लामा जबर्जस्ती करणी, लागूऔषध ओसारपसार र बहुविवाहजस्ता अपराध भएको देखियो । मदिरा सेवन गरी सवारी चलाउने र नियम विपरीत गर्नेलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेर लाखौं राजस्व संकलन गरेको छ । दुई महिनामा ५ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।  

वाल्मीकि आश्रममा ँबिओपी’
भरतपुर (कास)- दक्षिण गर्दीको धार्मिक क्ष्ाेत्र वाल्मीकि आश्रममा सीमा निगरानीका लागि बुधबार सशस्त्र प्रहरी सीमा सुरक्षा बेस -बिओपी) स्थापना गरिएको छ । भरतपुरको आँपटारीस्थित सीमा सुरक्षा कार्यालयले बुधबार त्यहाँ पहिलो चरणमा सईको नेतृत्वमा २० सुरक्षाकर्मी तैनाथ गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शमर्ाले जनाए । उनका अनुसार अहिले प्रहरीलाई आश्रममा रहेको हलमा राखिएको छ । आश्रमलाई गुरुयोजनाअनुसार विकास गर्न सहरी विकास मन्त्रालयले चासो दिएको छ । शर्माका अनुसार शुक्रबार आश्रम अवलोकनका लागि सहरी विकास मन्त्री नारायण खड्का आउँदैछन् । मन्त्रालयले आश्रमको १२ बिघा क्षेत्रफल छुट्याउन वन सचिवलाई निर्देशन दिइसकेको छ । आश्रममा रहेका एक दजर्न मानिसका लागि एक वर्षभित्र घर निर्माण गरिने शर्माले जनाए । चितवनमा रहे पनि आश्रम पुग्न नवलपरासी स्थित गण्डक बाँध हुँदै भारतीय भूमिबाट जानुपर्छ ।

मानवअधिकार उल्लंघन बढ्यो
भरतपुर (कास)- राज्य पक्षभन्दा गैरराज्य पक्षबाट यहाँ मानवअधिकार उल्लंघनका घटना बढी भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) जिल्ला शाखाले बुधबार सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । तीन महिनायता जिल्लामा मानवअधिकार उल्लंघनका ५२, बलात्कारका ८ र घरेलु हिंसाका ३५ घटना भएको तथ्यांकमा उल्लेख छ । यस अवधिमा अपहरण तथा अपहरण प्रयासमा महिला र बालिका गरी दुई जना, बालअधिकारबाट वञ्चित ८  बालिका, अमानवीय व्यवहारबाट ३ महिला, विभिन्न कारणबाट २ पुरुष र महिला अधिकारसँग सम्बन्धित घटनामा ३७ जना महिला गरी ५२ जना पीडित भएको इन्सेक जिल्ला प्रतिनिधि सावित्री सापकोटाले जानकारी दिइन् । यसैगरी ८ जना बालिका बलात्कृत भएका छन् ।

मैत्रीपूर्ण खेलमा चितवन विजयी
भरतपुर (कास)- नायणगढको क्याम्पस चउर मैदानमा बुधबार भएको ३५ ओभरको एक दिवसीय मैत्रिपूर्ण क्रिकेट प्रतियोगितामा सीएसीएस ऐकेडमी चितवन विजयी भएको छ । एकेडेमीले घरेलु मैदानमा अस्ट्रेलियाको टिम नारारा वाइमिङ्ग क्रिकेट क्लबलाई ९९ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर फिल्डिङ्ग रोजेको नारारालाई चितवनले ब्याटिङ्ग गर्दै पूरै ओभर खेलेर ३ सय १ रनको लक्ष्य दिएको थियो ।

प्रकाशित : वैशाख २५, २०७१ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?