२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रशान्त फेरि लाहुरे

काठमाडौ — इन्डियन आइडल प्रशान्त तामाङ 'गोर्खा पल्टन' पछि फेरि एकपटक लाहुरे बनेको फिल्म 'निसानी' आउँदो भदौ २७ मा रिलिज हुने भएको छ ।

शुक्रबार राजधानीमा सम्पन्न पत्रकार सम्मेलनमा फिल्मको रिलिज डेट, प्रोमो र दुई गीत सार्वजनिक गर्‍यो ।
विनोद सेरेङले निर्देशित गरेको फिल्म सन् १९९९ को कार्गिल युद्धमा गोर्खालीले प्रदर्शन गरेको बहादुरीमा आधारित रहेको बताइएको छ । कार्गिलको खलुबार लडाइँमा गोर्खालीको नेतृत्व कर्णेल ललित राईले गरेका थिए । फिल्मको कथा उनै ललितको भोगाइबाट प्रभावित रहेको निर्देशक सेरेङले दाबी गरे । यसअघि 'देउमाईको किनारमा', 'बलिदान' र 'नुमाफुङ' मा गरेको अभिनयबाट चिनिएका प्रेम सुब्बा 'निसानी' का चार निर्मातामध्ये एक हुन् । उनलाई निर्माणमा सरोज भण्डारी, ललिता सेरेङ धौबडेल र किशोर दुङ्माली राईले सघाएका छन् ।
फिल्ममा प्रेम सुब्बा र प्रशान्त तामाङ दुवैले इन्डियन लाहुरेको भूमिका निर्वाह गरेका छन् । दुवै एउटै पल्टनका हुन्छन् र रणमैदानमा दुश्मनविरुद्ध मिलेर लड्छन् । 'यो मेरो फिल्म अफ बिट होइन, तर वास्तविक घटनालाई उप्काउने प्रयास गरेको छु,' निर्देशक सेरेङले भने, 'गोर्खालीहरूले थुप्रै निसानी छाडेर गएका छन्, हामीले पनि छोड्नुपर्छ, यो फिल्म मेरो निसानी नै होस् ।' पत्रकार सम्मेलनमा भूपू बि्रटिस आर्मी दीपक गुरुङ र भूपू इन्डियन आर्मी नारायण कोइरालाले फिल्मको सफलताका लागि शुभकामना दिए । फिल्ममा निर्देशक सेरेङकै लेखन, युवराज राईको छायांकन, जनक गुरुङको द्वन्द्व, गोविन्द राई र शिव बिकको नृत्य निर्देशन, बिबी अनुरागीको संगीत, विपीन बल्ल र सुरज श्रेष्ठको सम्पादन रहेको छ ।

प्रकाशित : असार ८, २०७१ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?