रानोहोंछा कृति

कान्तिपुर संवाददाता

काठमाडौ — चन्द्र रानोहोंछाले नयाँ कृति 'थिबिया चराको गीत' कविता संग्रह ल्याएका छन् ।

कवि तथा संस्कृतिविद् तुलसी दिवसले शनिबार कृति लोकार्पण गरे । 'चन्द्रका कविता अब्बल छन्' दिवसले दाबी गरे । कवि श्रवण मुकारुङले चन्द्र शक्तिशाली कविका रूपमा उदाएको दाबी गरे । समालोचक महेश पौड्यालले चाहिँ चन्द्रका कविता किराँत विम्ब र मिथमा आधारित रहेकाले जनाए । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले कृति छापेको हो । फाइन आर्टिस्ट चन्द्रका 'भाउजू लडेको भीर' कथासंग्रह र 'मनमा आँधी चलेपछि' गीतसंग्रह छन् ।

प्रकाशित : असार ८, २०७१ ११:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रशान्त फेरि लाहुरे

कान्तिपुर संवाददाता

काठमाडौ — इन्डियन आइडल प्रशान्त तामाङ 'गोर्खा पल्टन' पछि फेरि एकपटक लाहुरे बनेको फिल्म 'निसानी' आउँदो भदौ २७ मा रिलिज हुने भएको छ ।

शुक्रबार राजधानीमा सम्पन्न पत्रकार सम्मेलनमा फिल्मको रिलिज डेट, प्रोमो र दुई गीत सार्वजनिक गर्‍यो ।
विनोद सेरेङले निर्देशित गरेको फिल्म सन् १९९९ को कार्गिल युद्धमा गोर्खालीले प्रदर्शन गरेको बहादुरीमा आधारित रहेको बताइएको छ । कार्गिलको खलुबार लडाइँमा गोर्खालीको नेतृत्व कर्णेल ललित राईले गरेका थिए । फिल्मको कथा उनै ललितको भोगाइबाट प्रभावित रहेको निर्देशक सेरेङले दाबी गरे । यसअघि 'देउमाईको किनारमा', 'बलिदान' र 'नुमाफुङ' मा गरेको अभिनयबाट चिनिएका प्रेम सुब्बा 'निसानी' का चार निर्मातामध्ये एक हुन् । उनलाई निर्माणमा सरोज भण्डारी, ललिता सेरेङ धौबडेल र किशोर दुङ्माली राईले सघाएका छन् ।
फिल्ममा प्रेम सुब्बा र प्रशान्त तामाङ दुवैले इन्डियन लाहुरेको भूमिका निर्वाह गरेका छन् । दुवै एउटै पल्टनका हुन्छन् र रणमैदानमा दुश्मनविरुद्ध मिलेर लड्छन् । 'यो मेरो फिल्म अफ बिट होइन, तर वास्तविक घटनालाई उप्काउने प्रयास गरेको छु,' निर्देशक सेरेङले भने, 'गोर्खालीहरूले थुप्रै निसानी छाडेर गएका छन्, हामीले पनि छोड्नुपर्छ, यो फिल्म मेरो निसानी नै होस् ।' पत्रकार सम्मेलनमा भूपू बि्रटिस आर्मी दीपक गुरुङ र भूपू इन्डियन आर्मी नारायण कोइरालाले फिल्मको सफलताका लागि शुभकामना दिए । फिल्ममा निर्देशक सेरेङकै लेखन, युवराज राईको छायांकन, जनक गुरुङको द्वन्द्व, गोविन्द राई र शिव बिकको नृत्य निर्देशन, बिबी अनुरागीको संगीत, विपीन बल्ल र सुरज श्रेष्ठको सम्पादन रहेको छ ।

प्रकाशित : असार ८, २०७१ ११:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT