कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोदी, साहित्य र सार्क

विमल निभा

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको अठारौं शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका हिन्दुस्तानी प्रधानमन्त्री नरेन्द्र मोदीले

मोदी, साहित्य र सार्क
आफूले सवारी गर्ने गाडी पनि सँगै ल्याउने भएका छन् । यसको त्वरित जवाफमा पाकिस्तानी प्रधानमन्त्री जनाव मिया नवाज सरिफले पनि आफ्नो निजी गाडी डाइरेक्ट इस्लामावादबाट झिकाउने भएका छन् । के दुवै छिमेकी मुलुकका महामहिम प्रधानमन्त्रीहरूलाई नेपाली गाडीमा विश्वास छैन ? यसको अर्को कारण के पनि हुनसक्छ भने हामीसँग आफ्नै मोटरगाडीहरू छैनन् । सबै विदेशबाट नै सहयोगस्वरुप आएका सेन्ट्रो, डेटसन, इम्पाला, भोक्सवैगन, लिंकन, ल्यान्डक्रुजर, पजेरो आदि गाडीहरू हुन् । यी विदेशी गाडीलाई स्वदेशी मार्गमा सरर चलाउने ऊर्जा अर्थात पेट्रोलियम पदार्थ भने हामी सकभर चर्को (अझ महाचर्को) मूल्य तिरेर किनिरहेका छौं । यसका साथसाथै केही महंगा खाले इन्टरनेसनल कम्पनीका मोटरगाडी पनि नेपाल सरकारले खरिद नगरेको भन्ने होइन । यसमा साविक बमोजिम भ्रष्टाचार भयो भनी व्यापक हल्ला पनि चलेको थियो । अब सरकारी बेइमानीको यथार्थवाद जेजस्तो भए तापनि हाम्रो वर्तमान प्रधानमन्त्री सुशील कोइराला पनि छिमेकी मुलुकका प्रधानमन्त्रीद्वय सरिफ र मोदीसरह आफ्नै मोटरगाडीमा चढेर सार्क खातिर रातोरात चिल्लो गरिएका पिच सडकमा चन्द्रसूर्यवाला झण्डा हल्लाएर हुइँकिने गरिरहेका छन् ।
नेपाल, हिन्दुस्थान, पाकिस्तान श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र कान्छा सदस्य अफगानिस्तान सम्बद्ध साझा संगठनलाई संक्षेपमा 'सार्क' भनिएको हो । यसको उपादेयता आधा दर्जनभन्दा बेसी मुलुकबीच परस्पर सहयोगादीको कार्य निस्पन्न गर्नु हो । चाहे त्यो राजनीतिक, आर्थिक, सांस्कृतिक प्रकृतिको सहयोग होस् अथवा साहित्यिक नै । सार्कको सिलसिलामा साहित्यको प्रसंग आएकोले सार्क साहित्यबारे किन नलेख्ने ? म एक साहित्यमा अभिरुची राख्ने भएकोले यसको धेरथोर जानकारी मलाई छ । त, सार्क साहित्यको यावत् गतिविधि अन्तर्गत केही यताका साहित्यकार सशरीर उता जान्छन् । नयाँदिल्ली, इस्लामावाद, कोलोम्बो, ढाका, थिम्पु, माले र काबुल । यसको लगत्तै प्रतिक्रियास्वरुप उताका दुई-चार साहित्यकर्मी यता आइपुग्छन् । यसमा विशेषतः कविकै बाहुल्यता हुने गरेको छ । खासा चल्तापुर्जा कविजीहरू । यस्तालाई पनि मजैले पछिल्तिर पारेर एकाध समालोचक टाइप साहित्यकार पनि देखापरेका छन् । यी सुविधाअनुसार कवि...प्रोफेसर...नाटककार...कलाकार...बुद्धिजीवी...चिन्तक...जे पनि हुने जादुगी सामथ्र्य राख्छन् । अर्को शब्दमा अतिरिक्त चल्तापुर्जा साहित्यकार भन्नोस् । फलस्वरुप भएको के छ भने यस्ता साहित्यकारहरूका सहयोगले सार्क साहित्य आफ्नो प्रारम्भिक कालदेखि नै चलेको चल्यै छ । कुन्नि, यसरी चल्दाचल्दै कहाँसम्म पुग्ने हो ! अँ, सुनिन्छ, डिसेम्बरको मध्यविन्दुतिर (अर्को महिना) मोदी सरकारका केही अतिसरकारी साहित्यकारले वाराणसीको कुनै पवित्रस्थलमा धार्मिक साहित्य भेला गर्ने भएको छ । अतएव यताका सार्क साहित्यकारहरूले मौखिक (फोनमार्फत) निमन्त्रण प्राप्त गरिसकेको हुनुपर्छ ।
यस अगावै पनि नेपालमा सार्क शिखर सम्मेलन सफलताका साथ सुसम्पन्न भइसकेको छ । यसको ऐतिहासिक प्रमाणको रूपमा धेरै पहिले (राजा वीरेन्द्रको पञ्चायतताका) प्रकाशित मेरै रचना 'सार्क र रत्नपार्क'लाई लिए हुन्छ । खोइ, त्यस आलेखमा मैले केके लेखेको थिएँ, अहिले मेरो संज्ञानका पटक्कै छैन । हाल घटित भइरहेका मोदी, गाडी, साहित्य आदि-आदि भन्दा के भिन्न होला र ? अहिले आएर हिन्दुस्थानी प्रधानमन्त्री श्रीमान नरेन्द्र मोदीले पूर्वनिर्धारित जनकपुरधाम यात्रा रद्द गरेको ताजा समाचार आएको छ -यो लेख्दालेख्दैको सूचना) । जे होस्, यी परिवर्तित-अपरिवर्तित घटनाक्रमका साथसाथै सार्कका दुई महत्त्वपूर्ण मुलुक हिन्दुस्तान र पाकिस्तानको सिमानामा संयोगले भइरहेको गोली हानाहानले पनि मैत्रीपूर्ण सार्क वातावरणमा बढोत्तरी हुने लक्षण देखापरेको छ । कतै यही कारणले छिमेकी प्रधानमन्त्रीज्यूहरू मिया नवाज सरिफ र नरेन्द्र मोदीले आआफ्ना मुलुकबाट बुलेटप्रुफ मोटरगाडी प्रेमपूर्वक मगाएका त होइनन् ? यस्तो हो भने हाम्रोलागि पनि सर्वथा ढुक्क भएर रहने सहज समय होइन यो । दुवै छिमेकी मुलुक बीचको बाधा बोर्डरमा निर्वाध आदान-प्रदान भइरहेका ज्यानमारा बुलेट उछिट्टएिर नेपालसम्म आइपुग्दैनन् भन्ने के ग्यारेन्टी छ ? त्यसउसले म त -घर होस् या बाहिर) एकदमै सतर्क एवं सजग भएको छु ।
अन्त्यमा,
हिन्दुस्तानी प्रधानमन्त्री श्रीयुत् नरेन्द्र मोदीको बहुचर्चित जनकपुरधाम भ्रमणको विधिवत् समाप्ति भएकै हो त ? यस्तो हो भने त्यहाँ उदारतापूर्वक हुने दुईपांग्रे बाइस्कल वितरण पनि बाधित हुने भयो । परन्तु सन्तोषको कुरो के छ भने उनका लागि नेपाल आइपुग्ने बुलेटप्रुफ चारपांग्रे मतलव शानदान मोटरगाडीको अवतरणमा कुनै पनि प्रकारको बाधा-व्यवधान हुने छैन ।

प्रकाशित : मंसिर ६, २०७१ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?