२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दुवै मिर्गौलाको पत्थरी शल्यक्रिया

काठमाडौ — सिन्धुपाल्चोक निवासी अढाई वर्षीया कुसुम तामाङका दुवै मिर्गौलामा देखिएको असामान्य पत्थरीको वरिष्ठ युरोलोजिस्ट डा.सञ्जय खड्गीलगायतको

टोलीले 'मिनी पीसीएनएल' प्रविधिबाट सफल शल्यक्रिया गरेका छन् ।
ती बालिकालाई ३ दिनदेखि पिसाब नभएर, एक्कासि १०४ डिग्री काम ज्वरो आएपछि प्रारम्भिक जाँचमा दुवै मिर्गौलामा असामान्य पत्थरीले गर्दा पिसाब रोकिएर ज्वरो आएको पहिचान गरिएको थियो । डा.खड्गीको नेतृत्वमा भेनस इन्टरनेसनल हस्पिटलमा गरिएको उक्त बालिकाको शल्यक्रिया टोलीमा डा.सुनील श्रेष्ठ, एनेस्थेसियोलोजिस्ट प्रा.बाबुराजा श्रेष्ठ, डा.श्याम महर्जनलगायत संलग्न थिए । अस्पतालका अनुसार उक्त शिशुलाई यसअघि कान्ति बाल अस्पताल रिफर गरिए पनि स्थिति अत्यन्तै जटिल भएको हुँदा शल्यक्रिया गर्न नमिल्ने भनी फर्काइएको थियो । हाल बालिका पिसाब आफैं फेर्न सक्षम भएको र डिस्चार्ज हुने अवस्थामा रहेको अस्पतालले जनाएको छ । मिनी पीसीएनएल प्रविधिअन्तर्गत जुन छेउमा पत्थरी छ, पेटको त्यो भागमा करिब आधा सेन्टिमिटरको प्वाल बनाइन्छ । उक्त प्वालबाट दूरबिन छिराएर मिर्गौलामा समेत करिब आधा सेन्टिमिटरको प्वाल पारेर पत्थरी निकाल्ने हो । यो प्रविधिअन्तर्गत ५/६ सेन्टिमिटरको पत्थरीलाई समेत ९५ प्रतिशत प्रभावकारी रूपले निकाल्न सकिन्छ । डा.खड्गीको अनुसार यो अत्याधुनिक प्रविधिको शल्यक्रियापछि पेटमा दाग समेत रहँदैन भने एक दुई दिनमा अस्पतालबाट डिस्चार्ज गरिन्छ ।

प्रकाशित : पुस १०, २०७१ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?