१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

'सम्बन्धनमा डा.केसी बाधक'

काठमाडौ — मेडिकल कलेजको सम्बन्धनमा शिक्षण अस्पतालका डा. गोविन्द केसी बाधक भएको भन्दै एमाले सभासदले आक्रोश पोखेका छन् ।

व्यवस्थापिका संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिको आइतबार भएको पत्रकारसँगको छलफलमा सभासद वंशीधर मिश्रले केसीलाई 'पागल' को संज्ञा दिए ।
मेडिकल कलेज खोल्न पूर्वाधारमा लगानी गरेको विषयमा सञ्चारमाध्यमले चासो दिनुको सट्टा अनशन बस्ने केसीलाई हिरो बनाएको उनले आरोप लगाए । सभासद मिश्र मनमोहन मेमोरियल अस्पतालका लगानीकर्ता हुन् । 'अबार्ंै लगानी गरेर संरचना बनाएको हुन्छ । तर, निर्णय गर्न दिएको छैन,' उनले भने, 'यो सबै व्यथालाई सञ्चारमाध्यमले नलेखेर एउटा पागल डाक्टरलाई हिरो बनाइरहेको छ । एउटा पागल डाक्टर जसले राष्ट्रको घात गरिरहेको छ । त्योचाहिँ यो देशको हिरो ? राष्ट्रको हित गर्न खोज्ने मान्छे हामीहरू भने पीडा पोखेर बस्नुपरेको छ ।'
 केसीले अनशन बस्ने भन्दै प्रधानमन्त्रीलाई धम्की दिएपछि सम्बन्धको प्रक्रिया रोकिएको मिश्रको आरोप छ । मनमोहनले मापदण्ड पूरा गरे पनि स्वीकृति पाउन नसकेको दाबी एमाले सभासदहरूको थियो । एमालेका अर्का सभासद राजेन्द्रप्रसाद पाण्डेले डाक्टरहरूलाई 'सर्पको बच्चा' को संज्ञा दिएका छन् । ११ वर्षअघि मलेखुमा सामुदायिक अस्पतालमा मासिक ६५ हजार र अन्य सुविधा दिंदा पनि चिकित्सक नअडिएको बताए । 'डाक्टरलाई अड्याएर राख्न गाह्रो रहेछ,' उनले भने, 'खुला चौरमा राखेको सर्पको बच्चा र डाक्टर एउटै रहेछन् ।'
सभासद अग्नि सापकोटाले वीर अस्पतालको सेवाबारे चर्चा गरेका थिए । उपचारका लागि वीर अस्पताल पुग्दा अवस्था दर्दनाक पाएको उनले बताए ।

प्रकाशित : पुस १४, २०७१ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?