कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हराएका बालकको भारतबाट उद्धार

शंकर आचार्य

पर्सा — मंसिर तेस्रो सातादेखि हराएका वीरगन्ज १९, नगवाका १३ वर्षीय बालक चन्देश्वरकुमार यादवको जिल्ला बाल कल्याण समितिको पहलमा भारतको

पूणिर्याबाट सकुशल उद्धार गरिएको छ । समितिकी अधिकृत सावित्री कुमारी भण्डारी र बाबु सुनीलप्रसादले विराटनगरस्थित जोगबनी नाकाबाट फिर्ता ल्याएका हुन् ।
मंसिर २० गते घरबाट हिंडेका सुनील भारतको बिहारस्थित भारत बंगलादेशको सीमामा रहेको पुणिर्या जिल्लाको किसनगंजस्थित भारतीय बाल कल्याण गृहमा आश्रति थिए । घरमा अभिभावकसँग सामान्य विवाद भएपछि उनी वीरगन्जदेखि करिब २५ किमि पश्चिममा रहेको मिर्जापुरस्थित मामाघर जान भनी हिंडेकामा सीमावर्ती भारतीय सहर रक्सौलबाट गलत दिशाको रेल चढेर पूणिर्या पुगेका थिए ।
टिकटबिना रेल चढेको अभियोगमा भारतीय प्रहरीले उनलाई नियन्त्रणमा लिएर बालअधिकारका क्षेत्रमा कार्यरत संस्था चाइल्ड लाइनको जिम्मा लगाएको थियो । चाइल्ड लाइनले किसनगंजस्थित बाल कल्याण गृहको जिम्मा लगाएको थियो । बालकले आफ्नो अभिभावकको नाम बताए पनि घर भने केवल 'नगवा वीरगाछी नेपाल' बताएपछि चाइल्ड लाइनले काठमाडौंस्थित सिविन बाल हेल्पलाइन नेपाललाई उपलब्ध भए जतिको बालकको विवरण पठाएको थियो ।
सिविनले जिल्ला बाल कल्याण समितिलाई पनि उक्त विवरणको बोधार्थ पठाएपछि समितिले 'नगवा' शब्द उल्लेख भएको आधारमा वीरगन्ज १९ नगवा टोलमा बालककाबारे स्थलगत सोधपुछ थालेको समितिकी अधिकृत भण्डारी बताउँछिन् । 'अन्तत: मैले मंसिर २८ मा चन्देश्वरको घर पत्ता लगाएँ,' उनले भनिन, 'उनका अभिभावकले पनि छोरा हराइरहेको पुष्टि गरेपछि बालकलाई फिर्ता ल्याउने पहल थालिएको हो ।'
बुबा सुनिलले परिवार चिन्तामा डुबेको अवस्थामा छोरो फेला परेपछि खुसीको सीमा नरहेको बताए । आफ्ना ३ छोरा र १ छोरीमध्ये चन्देश्वर जेठो सन्तान रहेको उनले जानकारी दिए । तरकारी व्यापारी उनलाई चन्देश्वरले यो व्यापारमा पनि सघाउँदै आएका थिए । बाल कल्याण अधिकृत भण्डारीले गत वर्ष मात्र समितिको पहलमा भारतबाट २ सय ८३ बालबालिका उद्धार गरिएको जनाइन् ।

२ बालिका सम्पर्कविहीन
हेटौंडा (कास)- मकवानपुरमा बालबालिका संरक्षण गर्न स्थापना गरिएको बालगृहबाट २ बालिका ५ दिनदेखि हराएका छन् । हेटौंडा ११ सरस्वती टोलस्थित ग्रामिण असहाय बालबालिका सामुदायिक पुन: स्थापना केन्द्रमा राखिएका १२ वर्षीया २ बालिका शनिबारदेखि हराएका हुन् ।
स्थानीय स्कुलमा कक्षा ५ मा अध्ययन गर्ने १२ वर्षीया सीमा कुमाल र ३ कक्षामा अध्ययन गर्ने १२ वर्षीया सीतामाया पुलामी पुन: स्थापना केन्द्रमा शनिबार दिउँसो नुवाईधुवाई गरेपछि सम्पर्कविहीन भएका थिए । पुन: स्थ्ाापना केन्द्रमा उनीहरूको स्याहारसुसार गर्न राखिएका अभिभावक तथा सुसारेहरूले उनीहरूलाई नुवाईधुवाई गराइदिएका थिए । नुवाईधुवाई गरेपछि केन्द्र नजिक रहेको जंगल हुँदै उनीहरू हेटौंडा बजारतर्फ गएको केन्द्रका सचिव रमेश अर्यालले बताए ।
सञ्चालक तथा कर्मचारी विगत ५ दिनदेखि उनीहरूको खोजीमा लागिरहेका छन् । जंगल हुँदै हेटौंडा बसपार्कसम्म पुगेको केन्द्रका सञ्चालकहरूलाई स्थानीयवासीले जानकारी गराएका छन् ।
बसपार्कबाट बालिकाद्वयलाई शनिबार बेलुका पूर्व जाने बसमा एक पाको व्यक्तिको साथमा गएको बस काउन्टरका कर्मचारीलाई उद्धृत गर्दै सचिव अर्यालले बताए । सीमालाई चितवनबाट सिविन हेल्पलाइनले ०६९ असोज १५ गते र सीता पुलामीलाई हेटौंडाबाट ०७१ साउन १ गते केन्द्रलाई बुझाएको थियो ।

प्रकाशित : पुस १७, २०७१ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?