छोटकरी

रसुवा — अख्तियारले जिल्ला स्वास्थ्य कार्यालयमा छापा मारेको छ । नि:शुल्क स्वास्थ्य कार्यक्रमलगायत सात वटा फाइल अख्तियारले नियन्त्रणमा लिएको छ ।

छोटकरी
अख्तियारद्वारा छापा
रसुवा (कास)- अनियमितता बढेको उजुरी परेपछि ती फाइल नियन्त्रणमा लिएको कार्यालय स्रोतले जनाएको छ ।
मधेसवादी दलद्वारा ज्ञापन
मोरङ (कास)- विभिन्न मधेसवादी दलले मोरङ, झापा र सुनसरीलाई मधेस प्रदेशबाट अलग राख्न नहुने भन्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र पठाएका छन् । तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत बुधबार ज्ञापन पठाएका हुन् । स्वायत्त मधेस प्रदेश संघर्ष समितिले आफूहरूलाई मधेस प्रदेशबाट अलग राख्न षड्यन्त्र भइरहेको बताउँदै अलग राखिए विद्रोहमा उत्रने चेतावनी दिएका छन् । थारूलगायत आदिवासी जनजाति आन्दोलन तथा मधेस आन्दोलनको उद्गमस्थल रहेको मोरङ, झापा र सुनसरी जिल्ला मधेस तराईको महत्त्वपूर्ण हिस्सा भएकाले यी तीन जिल्लालाई मधेस प्रदेशबाट अलग राख्न नमिल्ने सद्भावना पार्टीका राष्ट्रिय प्रवक्ता सन्तोष मेहताले बताए ।
वृद्धवृद्धालाई सम्मान
मन्थली (कास)- खनियापानीको मानन्धर सेवा समाजले ३० वृद्धवृद्धालाई सम्मान गरेको छ । खनियापानीमा मंगलबार आयोजित कार्यक्रममा समाज अध्यक्ष सूर्यबहादुर मानन्धर र पूर्वअध्यक्ष चन्द्रबहादुर मानन्धरले वृद्धवृद्धा एवं अपांगलाई दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।
दुर्घटना रोक्न कडाइ
रसुवा (कास)- सवारी दुर्घटना नियन्त्रणका लागि जिल्ला प्रशासनले कडाइ थालेको छ । यातायात व्यवसायी, प्रशासन र सुरक्षा निकायबीच भएको छलफलमा सवारी साधनका छतमा यात्रु ओसारपसार रोक्ने सहमति भएको छ ।
 

प्रकाशित : पुस १७, २०७१ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?